अवैध रुपमा बसिरहेका १० बंगलादेशी पक्राउ – Nepal Press

अवैध रुपमा बसिरहेका १० बंगलादेशी पक्राउ

काठमाडौं । नेपालमा अवैध रुपमा बसिरहेका १० बंगलादेशी नागरिक पक्राउ परेका छन् ।

भिसा अवधि समाप्त भएर पनि नेपालमा अवैध रुपमा बसिरहेका उनीहरुलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेमा २१ देखि ४२ वर्षसम्म उमेरका पुरुष बंगलादेशी नागरिकहरु छन् । उनीहरुलाई अध्यागमन विभागको जिम्मा लगाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर