वेस्ट इन्डिजमा काम गरेका रोडेरिक नेपाली टोलीका बलिङ कन्सल्ट्यान्ट नियुक्त – Nepal Press

वेस्ट इन्डिजमा काम गरेका रोडेरिक नेपाली टोलीका बलिङ कन्सल्ट्यान्ट नियुक्त

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको बलिङ कन्सल्ट्यान्टमा रोडेरिक ओ एस्टविक नियुक्त भएका छन् ।

बार्बाडोसका ६३ वर्षीय एस्टविकलाई विश्वकपका लागि नेपाली टोलीमा नियुक्त गरिएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

वेस्ट इन्डिज टोलीसँग विगत ८ वर्षदेखि काम गरेको अनुभव रोडेरिकसँग छ । रोडेरिकले आफ्नो अनुभव नेपाली क्रिकेटको विकासका लागि सक्दो प्रयोग गर्ने बताएका छन् ।

आफूले नेपाली क्रिकेटलाई पछ्याइरहेको उल्लेख गर्दै उनले साथमा रहेर काम गर्न व्यग्र रहेको बताएका छन् ।

नेपाली क्रिकेट टोली हाल भारतमा छ । एसीसी प्रिमियर कप खेल्न ओमान जाँदैछ । रोडेरिकले फास्ट बलिङ कोचका रुपमा नेपाली टोलीमा जिम्मेवारी सम्हाल्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर