अर्जुन कुमालको शतकका बाबजुद नेपाल ‘ए’ पराजित, आयरल्यान्ड ‘ए’ को क्लीन स्वीप – Nepal Press

अर्जुन कुमालको शतकका बाबजुद नेपाल ‘ए’ पराजित, आयरल्यान्ड ‘ए’ को क्लीन स्वीप

काठमाडौं । अर्जुन कुमालको शतकका बाबजुद नेपाल ‘ए’ आयरल्याण्ड ‘ए’ सँग पराजित भएको छ । यो हारसँगै एक दिवसीय शृङ्खलामा आयरल्याण्डले क्लीन स्वीप गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा जितका लागि २८५ रनको लक्ष्य पाएको नेपाल ३९ दशमलव ४ ओभरमा २१५ रनमा अलआउट भयो ।

नेपालका लागि ओपनर अर्जुन कुमालले १०२ रनको शतकीय पारि खेले पनि टीमले जित निकाल्न सकेन । अर्का ओपनर अर्जुन साउँदले ३० बलमा ३६ रन बनाए । रुपेश सिंह र नरेन भट्टले १५-१५ रन बनाए । देव खनाल ११ रनमा आउट भए । भीम सार्की र रिजन ढकालले खाता नै खोल्न सकेनन् ।

आयरल्याण्डका बे ह्वाइट एक्लैले ५ र ग्यभीन होएले ४ विकेट लिए । टस जितेर पहिला ब्याटिङ गरेको आइरल्याण्ड ‘ए’ ले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १०७ रन बनाएको थियो । उसका लागि स्टेफ डोनीले १०७ रनको शतकीय पारि खेले । पिटर मूरले ४-४ रन बनाए ।

बलिङतर्फ नेपालका लागि रिजन ढकाल र रञ्जित कुमारले ३-३ विकटे लिए । यस्तै विकास आग्री र शाहब आलमले १-१ विकेट लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *