एक घण्टामै श्रम स्वीकृति, अब श्रमिकले दु:ख नपाउने मन्त्री अर्यालको घोषणा (भिडिओ) – Nepal Press

एक घण्टामै श्रम स्वीकृति, अब श्रमिकले दु:ख नपाउने मन्त्री अर्यालको घोषणा (भिडिओ)

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले एक घण्टाभित्रै श्रम स्वीकृति प्रदान गरिने बताएका छन् ।

आइतबार वैदेशिक रोजगार कार्यालयको पत्रकार सम्मेलनमा मन्त्री अर्यालले अबदेखि सबै प्रकारका श्रम स्वीकृत एक घण्टाभित्रै श्रम स्वीकृति प्रदान गर्न सफल भएको बताएका हुन् । नयाँ सफ्टवेयरको प्रयोगबाट एकघण्टा भित्र सबैखाले श्रम स्वीकृति दिन सम्भव भएको मन्त्रीको भनाइ थियो ।

उहाले विभागमा हुने कामकारवाहीलाई एकलेयर प्रणालीबाट गर्न सक्ने गरी नितिगत सुधार गरिएको बताए । एकजना श्रमिकले सबै कागजात पूरा बुझाएको अवस्थामा दुई मिनेट ४४ सेकेण्डमा श्रम स्वीकृति पाउन सक्ने गरी काम गरेको र प्रविधिलाई मध्यनजर गर्दै एक घण्टाभित्र नै स्वीकृति प्रदान गरिने उनको भनाइ थियो ।

अब सवै कागजात अपलोड गरेको एक घण्टामा मोबाईलमा नै श्रम स्वीकृति प्राप्त गर्न सक्ने श्रममन्त्रीको दाबी छ ।

मन्त्री अर्यालले वैदेशिक रोजगारीमा जाँदा श्रमिकले श्रम स्वीकृति लिन दुःख पाउने अवस्थाको आजदेखि अन्त्य भएको घोषणासमेत गरे । वैदेशिक रोजगारमा रहेको बीमा, स्वास्थ्य,अभिमुखीकरणलगायत अन्य कुनै विषयमा सिण्डिकेट लाग्न नदिने उनको जिकिर छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर