केएनपी नेरोल्याकको दुई नयाँ पेन्ट सार्वजनिक – Nepal Press

केएनपी नेरोल्याकको दुई नयाँ पेन्ट सार्वजनिक

काठमाडौं । जापानको सर्वोत्कृष्ट पेन्ट KNP Nerolac Paint ले हालै मात्र नेपालभरका आफ्ना सम्पूर्ण अधिकृत विक्रेतासँग भेटघाट कार्यक्रम आयोजना गरी आफ्ना दुई नयाँ पेन्ट Excel Everlast 12 र Impressions Eco-clean सार्वजनिक गरेको छ ।

‘Business Partners Conclave २०८०’ कार्यक्रममा सार्वजनिक दुई पेन्टमध्ये ‘Excel Everlast 12’ पेन्ट Exterior पेन्ट र ‘Impressions Eco-clean’ घरको भित्री सतहमा लगाउने Interior पेन्ट हो । यी दुवै पेन्टमा ‘सुपर रिच प्रपर्टिज’ र हानिकारक किटाणु प्रतिरोधी लगायतका विशेषता रहेको कम्पनीले जनाएको छ ।

‘Excel Everlast 12’ मा १२ वर्षसम्मको वारेन्टी दिइएको छ । कम्पनीका अनुसार कुनै पनि बहुराष्ट्रीय कम्पनीले नेपालमा विक्री वितरण हुने आफ्ना उत्पादनमा १२ वर्षसम्मको वारेन्टी दिइएको यो पहिलो हो । ‘Impressions Eco-clean’ पेन्टमा ‘सुपर लक्जरी फिनिश’ र वातावरणलाई असर गर्ने कुनै रसायन नभएको र यसबाट हानिकारक गन्ध पनि नआउने हुनाले, घरभित्र लगाउन यो पेन्ट अत्यन्तै सुरक्षित रहेको कम्पनीले जनाएको छ ।

पेन्ट सार्वजनिक कार्यक्रममा पेन्टको टेलिभिजन विज्ञापनको पनि पहिलो पटक प्रदर्शन गरिएको थियो । देशभरका अधिकृत विक्रेताहरुको भेला, उत्पादनबारे प्राविधिक जानकारी र रङ्गीन सांगीतिक माहोलसँगै कार्यक्रम गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर