टिसीएलको ‘न्यु इयर लेट्स स्पार्कल टूगेदर विथ टिसीएल’ अफर, १ लाख ६३ हजारसम्मको बचत – Nepal Press

टिसीएलको ‘न्यु इयर लेट्स स्पार्कल टूगेदर विथ टिसीएल’ अफर, १ लाख ६३ हजारसम्मको बचत

काठमाडौं । होम अप्लाएन्स ब्रान्ड टिसीएलले नयाँ वर्षको अवसरमा ‘न्यु इयर लेट्स स्पार्कल टूगेदर विथ टिसीएल’ योजना सार्वजनिक गरेको छ ।

टिसीएलले नयाँ वर्षका लागि ‘न्यु इयर लेट्स स्पार्कल टूगेदर विथ टिसीएल’ सार्वजनिक गरेको हो । योजना अन्तर्गत ग्राहकहरूले टिसीएलका विभिन्न होम एप्लाएन्सको खरिदमा आकर्षक क्यासब्याक साथै विशेष उपहारहरू प्राप्त गर्न सक्नेछन् ।

यही चैत्र २३ गतेदेखि सुरु भएको ‘न्यु इयर लेट्स स्पार्कल टूगेदर विथ टिसीएल’ योजना सीमित अवधिका लागि नेपाल अधिराज्य भरि रहेका कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यस अफरमा ग्राहकहरूले कुनै पनि टिसीएलको सामानको खरिदमा १ लाख ६३ हजार ३०० रुपैयाँसम्मको बचत र अन्य आकर्षक उपहारहरू पाउन सक्ने छन्।

कम्पनीले समान खरिद गर्ने ग्राहकका लागि फ्री डेलिभरी, फ्री इन्स्टलेशन र शून्य प्रतिशतमा फाइनान्स सुविधा पनि प्रदान गरेको छ। साथै, पुराना भएका सामाग्री फेरबदल गरी नयाँ सामान लान चाहने ग्राहकका लागि समेत योजनाको दौरान एक्सचेन्ज अफरको सुविधा समेत प्रदान गरिरहेको छ।

त्यसै गरी, नयाँ वर्षको अवसरमा सामान खरिद गर्ने ग्राहकहरूले सिजि लोयल्टी क्लबूको रिवार्ड प्रोग्राम अन्तर्गत आकर्षक छुट तथा उपहारहरू प्राप्त गर्न सक्नेछन्। नेपाल अधिराज्यभर टिसीएल ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत इओएल प्रालि रहेको छ ।

सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सिजी डिजिटल शोरुमहरु काठमाडौं भित्र टङगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, कीर्तिपुर, रबिभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार, बसुन्धरा, जोरपाटी र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर