लुम्बिनीमा मुख्यमन्त्री महरा र तीन विनाविभागीय मन्त्रीले लिए शपथ (भिडिओ) – Nepal Press

लुम्बिनीमा मुख्यमन्त्री महरा र तीन विनाविभागीय मन्त्रीले लिए शपथ (भिडिओ)

रुपन्देही । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आइतबार शपथ लिएका छन् ।

प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री महरालाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

आज दिउँसो प्रदेश प्रमुखको कार्यालय बुटवलमा मुख्यमन्त्रीको शपथपछि तीन जना विना विभागीय मन्त्रीलाई शपथ गराएका छन् ।

नेकपा एमालेबाट एक, नेकपा माओवादी केन्द्रबाट एक र जनता समाजवादी पार्टी (जसपा) बाट एक गरी तीन जना मन्त्रीको शपथ हुने भएको छ।

एमालेबाट दलका उपनेता चेतनारायण आचार्य, माओवादी केन्द्रबाट दीपेन्द्र पुन र जसपाबाट भण्डारी लाल अहिर मन्त्री बनेका हुन् । मुख्यमन्त्रीले आजै देउखुरीस्थित कार्यालय पुगेर पदभार ग्रहण गर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर