जीवन शाहीलाई वाइडबडीमा फसाइएको भन्दै तरुण दलले देउवालाई भेटेर गरायो ध्यानाकर्षण – Nepal Press

जीवन शाहीलाई वाइडबडीमा फसाइएको भन्दै तरुण दलले देउवालाई भेटेर गरायो ध्यानाकर्षण

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले पूर्वमन्त्री जीवनबहादुर शाहीलाई वाइडबडीमा फसाइएको भन्दै सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तथ्यहीन आरोप लगाएर पार्टीका केन्द्रीय सदस्य समेत रहेका शाही फसाएको भन्दै तरुण दल केन्द्रीय सदस्य जित क्षेत्रीको नेतृत्वमा गएको टोलीले सभापतिको ध्यानाकर्षण गराएको हो ।

तरुण दलले भनेको छ, ‘अनावश्यक कुरामा तथ्यहीन प्रमाणको आधार बनाएर बहुचर्चित नेता शाहीलाई निशाना बनाएर सिङ्गो काङ्ग्रेसमाथिको हमला गरिएको छ ।’

छलफलमा उपस्थित तरुण दल केन्द्रीय सदस्य दिल लामाले पार्टी सभापति शेर बहादुर दाइलाई नेता शाहीमाथि निष्पक्ष रूपमा अनुसन्धान होस भनी ध्यानाकर्षण गराएको बताए । यो विषयमा पार्टी सभापतिले आफ्नो पूर्णरुपमा ध्यानाकर्षण भएको कुरा उनले बताए ।

शाहीलाई वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।


प्रतिक्रिया

One thought on “जीवन शाहीलाई वाइडबडीमा फसाइएको भन्दै तरुण दलले देउवालाई भेटेर गरायो ध्यानाकर्षण

  1. भ्रष्टाचारीलाई जोगाउन हिडनेलाई सबै क्याम्पसमा बहिस्कार गरौं । नाम विद्यार्थी संगठन काम भ्रष्टहरूको संरक्षण । पेमेवार दलालजस्तो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर