नेपाल ‘ए’ले पायो २८५ रनको लक्ष्य – Nepal Press

नेपाल ‘ए’ले पायो २८५ रनको लक्ष्य

काठमाडौं। आयरल्यान्ड एले नेपाल एलाई २ सय ८५ रनको लक्ष्य दिएको छ। पहिला ब्याटिङ गरेको आयरल्यान्ड एले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८४ रन जोड्यो।

आयरल्यान्ड ए का प्रारम्भिक ब्याट्सम्यान स्टेफन डोहेनी एक्लैले एक सय ७ रन जोडे। पिटर मुरले ४४ रन बनाए।

भ्रमणकारी टोलीले पहिलो विकेटका लागि २४, दोस्रो विकेटका लागि ६६ र चौथो विकेटका लागि ४९ रनको साझेदारी गरेको थियो। यस्तै सातौँ विकेटका लागि ३८ र आठौ विकेटका लागि ३६ रनको साझेदारी गरेको थियो।

नेपालका रिजन ढकाल र रन्जित कुमारले ३/३ विकेट लिए। विकाश आग्री र साहब आलमले एक एक विकेट हात पारे।


प्रतिक्रिया

One thought on “नेपाल ‘ए’ले पायो २८५ रनको लक्ष्य

  1. क्लिन स्विप गर्ने भयो पाहुना टोलीले।😅

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर