एनआईसी एसियाले सार्वजनिक गर्यो कर्जा ग्राहकहरुलाई छुट दिने योजना – Nepal Press

एनआईसी एसियाले सार्वजनिक गर्यो कर्जा ग्राहकहरुलाई छुट दिने योजना

काठमाडौं। एनआईसी एशिया बैंकले आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरूमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्‍याउने हेतुले योजना ल्याएको छ ।

जसअनुसार २०८० पौष मसान्तमा प्रचलित नियमनकारी व्यवस्था अनुसार निष्क्रिय कर्जाको रूपमा वर्गीकरण भएका कर्जाहरूको हकमा सम्बन्धित ऋणीले चैत्र मसान्तसम्मको ब्याज तथा किस्ता रकम पूर्ण रूपमा चुक्ता भुक्तान गर्नुको साथै सम्पूर्ण कर्जा रकम नै चैत्र मसान्तभित्र पूर्ण रूपमा चुक्ता भुक्तान गरेमा सो अवधिमा लाग्ने जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट दिइने जनाएको छ ।

यस्तै ब्याज रकममा समेत कमसल कर्जा १० प्रतिशत, शङ्कास्पद कर्जामा १५ प्रतिशत र खराब कर्जामा २० प्रतिशत छुट प्रदान गरिने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालू पुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा पर्नु भएका ग्राहक महानुभावहरूले यस योजनामा सहभागी भई लाभ लिन सक्नुहुनेछ’, बैंकले भनेको छ

यस योजनाबाट आर्थिक शिथिलताले समस्यामा परेका ग्राहकहरूले वित्तीय भार कम गर्न केही हदसम्म भए पनि मद्दत पुग्नुका साथै देशको समग्र अर्थतन्त्रको पुर्नउत्थान एवं दिगो सबलीकरणमा समेत टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।

एनआई सी एशिया बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११७ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहितशाखा सञ्जाल विस्तार गरेको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर