आर्सनल पुनः शीर्षस्थानमा फर्कियो – Nepal Press

आर्सनल पुनः शीर्षस्थानमा फर्कियो

काठमाडौं । इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा पुनः आर्सनल फर्किएको छ । शनिबार राति भएको खेलमा ब्राइटनमाथि ३–० को शानदार जित निकाल्दै आर्सनल लिगको शीर्ष स्थानमा फर्किएको हो ।

खेलमा आर्सनलका बुकाया साकाले ३३ मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिएका थिए ।

त्यसपछि काइ हार्भटेजले ६२ र लियान्ड्रो ट्रोसार्डले ८६ औं मिनेटमा गोल गरे। यससँगै आर्सनलको ३१ खेलबाट ७१ अंक भयो र लिगको पहिलो स्थानमा उक्लियो ।

शनिबारका अन्य खेलमा एभरटनले बर्नलीलाई १–०, न्युकासल युनाइटेडले फुलहमलाई १–०, लुटन टाउनले बर्नमाउथलाई २–१ र वेस्ट ह्यामले उल्भ्सलाई २–१ ले हरायो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर