लगानी सम्मेलनका लागि संसदबाट नभ्याए अध्यादेशबाट कानून संशोधन गर्छौं: अर्थमन्त्री पुन – Nepal Press

लगानी सम्मेलनका लागि संसदबाट नभ्याए अध्यादेशबाट कानून संशोधन गर्छौं: अर्थमन्त्री पुन

वीरगञ्ज । अर्थमन्त्री वर्षमान पुन अनन्तले लगानी सम्मेलनका लागि सरकारले अध्यादेशबाट भए पनि ऐन संशोधन गर्ने बताएका छन् ।

कान्तिपुर मिडिया ग्रुपले शनिबार वीरगञ्जमा गरेको ‘वीरगञ्जको वैभव’अन्तर्गत अर्थमन्त्रीलाई प्रश्नैप्रश्न शीर्षकको कार्यक्रममा उनले भरसक संसदबाटै र समय अभावले नभ्याइने भए अध्यादेशबाटै लगानी संकुचन गर्ने ठानिएका दर्जन कानून संशोघन गरिने बताए ।

त्यसका लागि राजनीतिक दलहरुबीच राष्ट्रिय सहमति कायम गरिने उनको भनाइ थियो ।

तेस्रो लगानी सम्मेलन आगामी वैशाख १६ र १७ गते हुँदैछ । आन्तरिक लगानीका लागि पनि सरकारले व्यवसायीलाई प्रोत्साहन गरिने अर्थमन्त्री पुनको भनाइ थियो ।

निराशालाई आशामा बदल्ने प्रतिबद्धतासहित विश्वासको वातावरण निर्माण गर्न सकिन्छ भन्ने सोचका साथ आफू १२ वर्षपछि मन्त्रालयमा आएको उनले उल्लेख गरे ।

अर्थमन्त्री पुनले विदेशी मुद्राको सञ्चिती बढेको, महँगी घटेको, रेमिट्यान्स (विप्रेशन आप्रवाह) बढेकाले अर्थतन्त्रको बाह्य अवस्था सुदृढ भएको बताए ।

आफू जिम्मेवारीमा आएपछि ७० अर्ब बजारमा पठाएको, दायित्व भुक्तानी दिन सुरु गरिएको हुँदा बजार चलायमान हुने उनले विश्वास व्यक्त गरे ।

अर्थमन्त्री पुनले निजी क्षेत्र र बजारलाई आतंकित गर्ने नीति सरकारको नरहेको स्पष्ट गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर