प्रिमयर लिगमा म्यान्चेस्टर सिटीको जीत – Nepal Press

प्रिमयर लिगमा म्यान्चेस्टर सिटीको जीत

हेटौंडा । इंलिश प्रिमियर लिगमा म्यान्चेस्टर सिटी विजयी भएको छ । आज साँझ भएको खेलमा सिटीले क्रिस्टल प्यालेसलाई ४-२ गोल अन्तरले पराजित गर्दै उपाधि होडमा आफूलाई थप बलियो बनाएको छ ।

खेलको तेस्रो मिनेटमा जेन फिलिपको गोलमार्फत क्रिस्टल प्यालेसले १-० को अग्रता लिएको थियो । तर, १३औं मिनेटमा सिटीको लागि केभिन डि ब्रुनाईले गोल गरेपछि १–१ को अवस्थामा पुग्यो ।

पहिलो हाफ बराबरीमा रोकिएको सिटीले दोस्रो हाफको ४७औं मिनेटमा रिको लुइसको गोलमार्फत आफूलाई २-१ को अवस्थामा ल्यायो । निकै आक्रामक खेलेको सिटीका लागि स्टार खेलाडी हालाण्डले ६६औं मिनेटमा गोल गरेपछि सिटी ३-१ गोलसहित विशाल जीततर्फ अघि बढ्यो । जसलाई ब्रुनाईले थप मजबुत बनाए । उनले ७०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टीमलाई ४-१ को अवस्थामा लगे ।

तर, खेलको ८६औं मिनेटमा प्यालेसका ओडेस्नेले गोल गर्दै टीमलाई ४-२ को अवस्थामा लगे । तर, त्यो गोल प्यालेसको लागि जीत या बराबरीको लागि पर्याप्त भएन र खेल सिटीले जित्यो ।

जीतसँगै ३१ खेलबाट ७० अंकसहित म्यान्चेस्टर सिटी खेलको दोस्रो स्थानमा उक्लियो । समान अंक भएको तर एक खेल कम खेलेको लिभिरपुल पनि ७० अंकसहित पहिलो स्थानमा कायम रहँदा ३० खेल खेलेको आर्सनल ६८ अंकसहित तालिकाको तेस्रो स्थानमा छ ।

योबाहेक आज प्रिमियर लिगको थप ६ वटा खेल हुनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर