ओलीलाई गगनको चुनौती- कांग्रेसले उद्योग बेचेर खायो भन्नुहुन्थ्यो, सक्नेले एउटा खोलेर देखाउनुस् (भिडिओ) – Nepal Press

ओलीलाई गगनको चुनौती- कांग्रेसले उद्योग बेचेर खायो भन्नुहुन्थ्यो, सक्नेले एउटा खोलेर देखाउनुस् (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई एउटा उद्योगधन्दा खोलेर देखाउन चुनौती दिएका छन् ।

ललितपुरमा आयोजित पार्टी कार्यक्रममा बोल्दै उनले कांग्रेसले देशको उद्योगधन्दा बेचेर खाएको आरोप लगाएको भन्दै कम्युनिष्ट सरकारले अहिले एउटा उद्योग खोलेर देखाउन चुनौती दिए ।

उनले भने, ‘एउटा कम्युनिष्ट पार्टीको नेता, पूर्वप्रधानमन्त्रीले बेला बेलामा उभिएर के भनिदिनुहुन्छ भने कांग्रेसले उद्योगधन्दा बेचेर खायो । ल अहिले कम्युनिष्ट पार्टीको सरकार छ । प्रधानमन्त्री पुष्पकमल दाहाल हुनुहुन्छ, अहिलेको गठबन्धनको सर्वोच्च नेता केपी शर्मा ओली हुनुहुन्छ । अर्थमन्त्री वर्षमान पुन हुनुहुन्छ । सबै कम्युनिष्ट पार्टीको सरकार छ । कांग्रेसलाई पटक पटक उद्योग, कलकारखाना बेचेको आरोप लगाएको होइन ? ल यसपालि बजेट तपाईंहरुले बनाउने, यसपालिको बजेटमा म यहीबाट सरकारसँग माग राख्छु, यो पटकको बजेटमा कांग्रेसले बेचेर खाएको हुनाले गर्दा तपाईंले यो पटक खोल्नुस् ।’

सरकारले उद्योगधन्दा गर्ने नभइ निजी क्षेत्रले गर्नेमा कम्युनिष्टहरु जानकार रहेकाले पनि खोल्न नसक्ने उनको भनाइ छ ।

महामन्त्री थापाले थपे, ‘नेपाल कम्युनिष्ट पार्टीले सञ्चालन गरेको सरकारले चुरोट कारखाना खोलोस् । जुत्ता, रक्सी, सिमेन्ट, कपडा उद्योग खोल्नुस्, एउटा खोलेर देखाओस् । तपाईंहरुको हातमा डाडु पन्यु छ, खोल्नुस् । उहाँहरुले खोल्नुहुन्न, उहाँहरुलाई थाहा छ, सरकारले चुरोट, रक्सी बनाउने होइन रहेछ ।’


प्रतिक्रिया

4 thoughts on “ओलीलाई गगनको चुनौती- कांग्रेसले उद्योग बेचेर खायो भन्नुहुन्थ्यो, सक्नेले एउटा खोलेर देखाउनुस् (भिडिओ)

  1. नया भनिएको, युवा देखिने मान्छे को भद्दा, पुरातन र सडेको बिचार कत्ति सुहाएन : गन्हायो !! कांग्रेश भए पछि यस्तै हुन पर्ने हो बिचार कि यस्तो बिचार बिकास भए पछि कांग्रेश भइने हो : देश तन्नम बनाउने, जनजीवन बर्बाद पार्ने नीति भएको कांग्रेशको फेरी पनि सुध्रिने ठाउँ र संकेत देखिएन : त्यो भएर म कांग्रेश हुन र त्यो लाइनमा बस्न सकिन !! तपाईं !?!?
    मौका पाउँदा : गर्न सकिन्छ, गरिन्छ भन्ने अनि गरेर थोरै भए पनि देखाएका ओलीलाई गगनको यो चुनौती उनको राजनैतिक जिवनमा महँगो पर्ला !!

  2. काँग्रेस न हो गगन । लुटनभन्दा अरू के जानेको छ र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर