प्रधानमन्त्री प्रचण्ड,गृहमन्त्री लामिछानेसहित रुपन्देही आउँदै – Nepal Press

प्रधानमन्त्री प्रचण्ड,गृहमन्त्री लामिछानेसहित रुपन्देही आउँदै

रुपन्देही । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज रुपन्देही आउने भएका छन् ।

एक सातादेखि लुम्बिनीस्थित अन्तर्राष्ट्रिय ध्यान केन्द्रमा आयोजना गरिएको विराट चक्र विज्ञानको समापन तथा लुम्बिनी आध्यात्मिक जानगरणको उद्घाटन कार्यक्रममा प्रचण्ड रुपन्देही आउन लागेका हुन् । प्रधानमन्त्रीसँगै उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि लुम्बिनी आउन लागेका छन् ।

जीवन विज्ञान परिषद प्रशिक्षक शिक्षा विकास केन्द्र लुम्बिनीले आयोजना गरेको साधनामा ५३ सय सहभागी तथा करिब एक हजार आयोजक स्वयंसेवकले एकैपटक यो कार्यक्रममा सहभागिता जनाएका थिए ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले प्रधानमन्त्री प्रचण्ड दिउँसो हेलिकप्टरबाट लुम्बिनी आउने र सोही कार्यक्रम सकेर काठमाण्डौ फर्कने कार्यक्रम रहेको जानकारी दिए । शुक्रबार उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी यहाँ आएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर