इन्फिनिक्स मोबाइलको नवीन प्रस्ताव- १५ महिना वारेन्टी – Nepal Press

इन्फिनिक्स मोबाइलको नवीन प्रस्ताव- १५ महिना वारेन्टी

काठमाडौं । इन्फिनिक्स मोबाइलले ग्राहकका लागि नवीन प्रस्ताव ल्याएको छ । इन्फिनिक्स मोबाइलले आफ्नो उत्पादनको गुणस्तर र टिकाउको आत्मविश्वासका साथ सबै स्मार्टफोन मोडलमा १५ महिनाको वारेन्टी घोषणा गरेको हो ।

यस घोषणले मोबाइल बजारका सबै अत्याधुनिक क्षमतालाई परिभाषित गर्ने कम्पनीको विश्वास छ । ग्राहकलाई कुनै अतिरिक्त खर्च नगरी उत्कृष्ट वारेन्टीले सगौरव प्रदान गरेको कम्पनीको भनाइ छ ।

इन्फिनिक्सको सम्पूर्ण मोबाइल उद्योगमा निर्धारित समयभन्दा तीन महिना बढी १५ महिनाको वारेन्टी प्रदान गर्ने निर्णय आफैंमा स्मार्टफोनको श्रेष्ठ निर्माण र विश्वसनीयताको प्रमाण रहेको कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार विस्तारित वारेन्टीले इन्फिनिक्स मोबाइल उत्पादनको सटिकतामा अतिरिक्त आशा प्रदान गर्दै ग्राहकलाई मनको सन्तुष्टि र भरपर्दो मोबाइलको उत्कृष्टताको अनुभूति प्रदान गर्नेछ । इन्फिनिक्सले विस्तृत वारेन्टीमा कुनै सन्देह वा भय नरहनेगरी डिजाइन गरेको छ । जसले ग्राहकलाई अतिरिक्त सुरक्षा र सन्तोष प्रदान गर्ने विश्वास कम्पनीको छ ।

यस प्रयासले ग्राहकहरूको अनुभूतिलाई बढाउँदै इन्फिनिक्स ब्रान्डमै गहिरो विश्वासको विकास गर्ने, स्मार्टफोन उद्योगमा अब्बल रहेर शत प्रतिशत नवीनतम उत्पादनहरूमार्फत उपभोक्ताको बदलिएका आवश्यकतामा विशेष ध्यान दिने प्रण गर्दै आफ्नो अग्रस्थान सिद्ध गर्ने लक्ष्य कम्पनीको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर