१७५ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ ६० रनमै अलआउट – Nepal Press

१७५ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ ६० रनमै अलआउट

काठमाडौं । दोस्रो एकदिवसीय श्रृंखला अन्तरगत आयरल्यान्ड उल्भ्सविरुद्ध १७५ रनको लक्ष्य पछ्याएको नेपाल ए ले लज्जास्पद हार व्यहोरेको छ ।

नेपालका लागि भीम सार्कीले १७ र विनोद भण्डारीले १६ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका देव खनाल, आरिफ शेख, रिजन ढकाल, कमलसिंह ऐरी र मौसम ढकाल शून्य रनमा आउट भए ।

आयरल्याण्डका माथ्यू हम्फेस एक्लैले ६ विकेट लिए ।

यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको आयरल्यण्डले ३८ दशमलव ४ ओभरमा अलआउट हुँदै १७४ रन बनाएको थियो ।

नेपालका लागि शाहब आलम र रिजन ढकालले तीन तीन विकेट लिए । यस्तै मौसम ढकालले २ र कमलसिंह ऐरीले १ विकेट लिए ।

यो सँगै नेपाल ‘ए’ विरुद्धको एक दिवशीय सिरिज पनि आयरल्यान्ड ‘ए’ले जितेको छ ।

लगातार दुई खेलमा जित निकाल्दै आयरल्यान्ड ‘ए’ ले एक खेल अगावै एक दिवशीय सिरिज पनि हात पारेको हो । टी-२० सिरिज समेत आयरल्यान्ड ‘ए’ ले २-१ ले जितेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर