गार्डियनको रिपोर्ट- रअले नेपाल, माल्दिभ्स, मौरिससदेखि क्यानडासम्म भारतका विरोधीलाई मार्दैछ – Nepal Press

गार्डियनको रिपोर्ट- रअले नेपाल, माल्दिभ्स, मौरिससदेखि क्यानडासम्म भारतका विरोधीलाई मार्दैछ

‘रअ’ अधिकारीले भनेका छन्- साउदी र इजरायलले सक्ने, भारतले किन नसक्ने ?

काठमाडौं । बेलायती अखबार दि गार्डियनले भारतको गुप्तचर निकाय रिसर्च एण्ड एनालिसिस विङ (रअ) ले भारतबाहिर आफ्ना दुस्मनहरू धमाधम मार्न थालेको दाबी गरेको छ । यस्तो हत्यामा रअले धार्मिक तथा अपराधिक गिरोह तथा गरिबलाई उकास्ने गरेको अखबारको जिकिर छ ।

हिजो गार्डियनमा पत्रकार त्रय हान्ना एलिस पिटरसन, आकाश हसन र मिर बालुचको संयुक्त रिपोर्टअनुसार रअले नेपाल, माल्दिभ्स, मौरिसस, पाकिस्तान, क्यानडामा मान्छेहरू धमाधम मारेको छ । समाचारमा गरिएको दाबीअनुसार पाकिस्तानमा मात्रै सन् २०२० यता २० जनाको हत्या गरिएको छ । पाकिस्तानलाई आधार बनाएर भारतमा आतंककारी हमला गर्ने हतियारधारी समूका नेता तथा तीनका सहयोगीलाई रअले पाकिस्तानमै मार्दै आएको उक्त रिपोर्टमा उल्लेख छ । पाकिस्तानमा रअको हत्या श्रृंखलाको योजना भूमि भने संयुक्त अरब इमिरेटस् (युएई) भएको बताइएको छ । रअको ‘स्लिपर सेल्स’ हरू युएईमा भएको गार्डियनले लेखेको छ ।

क्यानडमा मारिएका धार्मिक सिख पृथकतावादी नेताको उदाहरण दिँदै गार्डियनले भारतले आफूलाई जोखिम ठानेकाहरूलाई भारत बाहिर मार्ने क्रम बढाएको बताएको छ । सन् २०२३ जुन १८ मा क्यानडामा सिख नेता हर्दिप सिंह निजर मारिएको र त्यसमा भारत सरकारको संलग्नता भएको भनेर क्यानेडेली प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानेडाली सदनमै भनेको उदाहरण दिँदै गार्डियनले रअको भारतबाहिरका हत्याको श्रृंखला उत्तर अमेरिकी महादेशमा पनि पुगेको उल्लेख गरेको छ । अमेरिकामा भने रअको हत्या योजना तुहिएको गार्डियनले लेखेको छ ।

पाकिस्तानमा भारतमा आतकंककारी हमला गर्नेहरूका अगुवा तथा सहयोगी मारिएको, क्यानडामा सिख पृथकतावादी मारिएको बताएको गार्डियनले नेपाल, माल्दिभ्स र मौरिससमा भने कस्ता अनुहार मारिएको भनेर किटान गरेको छैन । यी देशमा पनि रअले हत्या गरेको भन्ने अर्थमा मात्रै नेपाल, माल्दिभ्स र मौरिससको नाम लिइएको छ ।

सन् २०१९ फेब्रुअरी १४ मा भारतको पुल्वामा ४० जनाको हत्या गर्ने एक आत्मघाती हमलापछि भारतीय अधिकारीहरूले भारतमा मात्रै होइन विदेशमै भारतीय सुरक्षामा चुनौती दिनेको हत्या गर्ने योजना बनाएको गार्डियनले लेखेको छ । पुल्वामा भन्दा चार महिना अगामी टर्कीको कन्सुलेटमा साउदीका बाघी पत्रकार जमल खगोसीको साउदी सरकारले सन् २०१८ अक्टोबर २ मा हत्या गरेको उदाहरणले भारतीय रलाई हत्यामा हौसला मिलेको रका अधिकारीहरुलाई सोधेर गार्डियनले उल्लेख गरेको छ ।

खगोसीको हत्यापछि भारतीय प्रधानमन्त्रीको मातहत हुने रका अधिकारीहरूले भारतका उच्च अधिकारीहरूसँग कुरा गरेको र हामीले पनि यस्तै किन नगर्ने भन्ने छलफल भएको ती अधिकारीले गार्डियनलाई बताएका छन् । साउदी र इजरायलले आफ्नो देश बाहिर हत्या गर्न सक्ने, भारतले किन नसक्ने ? भन्ने प्रश्न आएपछि यस्तो अभियान सुरू भएको रअका अधिकारीले बताएको समाचारमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर