कपाल पलाउन थालेको छ, २० वर्षजति अरू कसैले आस नगर्नू : केपी ओली (भिडिओ) – Nepal Press

कपाल पलाउन थालेको छ, २० वर्षजति अरू कसैले आस नगर्नू : केपी ओली (भिडिओ)

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा २० वर्षजति अरू कसैले आस नगरे पनि हुने बताएका छन् ।

एमाले कास्कीको ११औँ अधिवेशनबाट निर्वाचित पदाधिकारीको शपथ ग्रहण कार्यक्रममा शुक्रवार ओलीले २० वर्षजति अरू कसैले आस नगरे पनि हुने बताएका हुन् ।

उनले भने- ‘कसैले एमालेबिनाको नेपाल भने कठै बरै । माया लाग्छ एमालेबिनाको नेपाल । कसैले केपी ओलीबिनाको एमाले भने दया लागेर आउँछ । केपी ओली नभइदिएको भए यसो गर्छु, उसो गर्छु भन्ने लाग्या होला । मैले पोहोर परार भनेको थिए । जुँगा कालाकाला भएका छन् । मेरो सबै कपाल झरेको थियो । अहिले कपाल पलाउन थालेको छ। रोपेको होइन आफैले पलाउन थालेको छ । अस्ति नै मैले भने २० वर्षजति अरू कसैले आस नगरे पनि हुन्छ ।’

उनले एमाले र देशलाई ठिक बाटोमा बढाएपछि मात्रै चौतारीमा बसेर सुस्केरा हाल्ने समय पाउने बताए ।

‘नेकपा एमाले र यस देशलाई ठिक बाटोमा बढाएर, यस देशबाट गरिबी हटाएर, भोकमरी हटाएर अनि मात्रै नेकपा एमालेले अलिकति चौतारीमा बसेर सुस्केरा हाल्ने समय पाउँछ,’ उनले भने, ‘अहिले हामीलाई समय छैन । हामी व्यस्त छौँ ।’


प्रतिक्रिया

4 thoughts on “कपाल पलाउन थालेको छ, २० वर्षजति अरू कसैले आस नगर्नू : केपी ओली (भिडिओ)

  1. सहिहो देशलाइ अधोगतिमा धकेल्न मा ब्यास्त हुनुहुन्छ कठै नि बरा कपाल पनि काइये प्वाँख पलाउन थालेछ बिचरा बा कठै बरा

  2. खडग प्रसादबाट देश बन्छ भन्नू र कुकुरको पुच्छर ढुंग्रो भित्र राख्दा सोझो हुन्छ भन्नू …..एउटै हो नानू।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर