आयरल्यान्ड उल्भ्सले नेपाल ‘ए’ लाई दियो १७५ रनको लक्ष्य – Nepal Press

आयरल्यान्ड उल्भ्सले नेपाल ‘ए’ लाई दियो १७५ रनको लक्ष्य

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी दोस्रो एकदिवसीय श्रृंखला अन्तरगत आयरल्यान्ड उल्भ्सले नेपाल ‘ए’ लाई १७५ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आयरल्यण्डले ३८ दशमलव ४ ओभरमा अलआउट हुँदै १७४ रन बनायो ।

नेपालका लागि शाहब आलम र रिजन ढकालले तीन तीन विकेट लिए । यस्तै मौसम ढकालले २ । कमलसिंह ऐरीले १ विकेट लिए ।

आयरल्यण्डका लागि गेभिन होइले ५० रन बनाए । यस्तै नेल रकले ४५ रन बनाए ।

यसअघि बुधवार सम्पन्न खेलमा नेपाल २१ रनले पराजित भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर