सिटिजन्स बैंकद्वारा बालविकास समाजलाई आर्थिक सहयोग – Nepal Press

सिटिजन्स बैंकद्वारा बालविकास समाजलाई आर्थिक सहयोग

काठमाडौं । सिटिजन्स बैंक लिमिटेडले १७ औं वर्ष पूरा गरेको छ । बैंकले वार्षिकउत्सवमा अबोध, अनाथ बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार,शिक्षा, मनोरञ्जन प्रदान गर्दै आएको बालविकास समाजलाई आर्थिक सहयोग स्वरुप १,५०,००० रुपैयाँको चेक हस्तान्तरण गरेको छ । बैंकले आफ्नो १७ औं वार्षिकउत्सव यहि वैशाख ७ गते मनाउँदै छ ।
बैंकले एक समारोहकाबीच उक्त चेक संस्थाका कार्यक्रम अध्यक्ष सुवास गौतमलाई हस्तान्तरण गरेको छ । बालविकास समाजमा रहेका ८० जना बालबालिका मध्ये १५ जना बालबालिकाको शिक्षा तथा स्वास्थ्य उपचारमा उक्त रकम खर्च गर्ने कुरा संस्थाका कार्यक्रम अध्यक्ष श्री सुवास गौतमले जानकारी दिए ।
हरेक वर्ष बैंकले आफ्नो वार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । यसैको निरन्तरता स्वरूप बैंकले आफ्नो वार्षिक कार्यतालिका अनुसार उक्त सहयोग रकम हस्तान्तरण  गरेको हो ।
आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको कुरा जानकारी  गराएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा ए.टी.एम. र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख ३८ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । हाल ५५ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंकले यसै आर्थिक वर्ष थप ५ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर