प्रेस चौतारी परमानन्द खरेल स्मृति पत्रकारिता पुरस्कारका लागि सम्झौता – Nepal Press

प्रेस चौतारी परमानन्द खरेल स्मृति पत्रकारिता पुरस्कारका लागि सम्झौता

रूपन्देही । प्रेस चौतारी रुपन्देही र स्वर्गीय परमानन्द खरेलका परिवारबीच पत्रकारिता पुरस्कार स्थापनाका लागि सम्झौता भएको छ।

नेकपा एमाले रुपन्देहीका तत्कालीन प्रचार विभाग प्रमुख स्वर्गीय परमानन्द खरेलको स्मृतिमा प्रेस चौतारी रुपन्देहीले स्थापना गर्न लागेको जनपक्षीय पत्रकारिता पुरस्कारका लागि सम्झौता भएको हो।

पुरस्कारका कोष स्थापनाका लागि स्वर्गीय परमानन्द खरेलको तर्फबाट स्वर्गीय खरेलकी धर्मपत्नी रेनुका खरेल, उनका छोरा किरण खरेल एवं नेपाल उद्योग परिसंघका अध्यक्ष एजाज आलम र प्रेस चौतारी रुपन्देहीका तर्फबाट प्रेस चौतारी रुपन्देही अध्यक्ष लक्ष्मण पौडेल उपाध्यक्ष भगवती पाण्डे, सल्लाहकार मोहन चापागाई र दिनेश पाण्डेले हस्ताक्षर गरेका छन्।

पुरस्कार कोषमा परमानन्द खरेलको परिवारका तर्फबाट पहिलो चरणमा एक लाख रुपैयाँ र प्रेस चौतारी रुपन्देहीको तर्फबाट एक लाख थप गरी २ लाखको कोष बनाउने सम्झौता भएको हो।

उक्त कोषमा क्रमशः वृद्धि गर्दै लैजाने र कम्तीमा ५ लाख रुपैयाँ कोषमा पुर्‍याई वर्षमा ५० हजार बराबरको पुरस्कार वितरण गर्ने सहमति भएको छ।

संयुक्त रुपमा सञ्चालन हुने हुने परमानन्द खरेल स्मृति अक्षयकोषको ब्याजबाट मुलुकको विकास र समृद्धिसँगै जनपक्षीय पत्रकारिता गर्ने एक वर्षमा एकजना एकजना रुपन्देहीका श्रमजीवी पत्रकारलाई वितरण गरिने प्रेस चौतारी अध्यक्ष पौडेलले बताए।

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं २ का स्थायी बासिन्दा स्वर्गीय खरेलले नेकपा एमालेको प्रचार विभागमा रहँदा पत्रकारिताको विकासमा निकै महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

रुपन्देही उद्योग संघका तत्कालीन अध्यक्षसमेत रहेका खरेलको सम्मानमा स्थापना गरिएको पत्रकारिता पुरस्कारले रुपन्देहीका उद्योगीहरुमा समेत प्रेरणा र सम्मान भएको रुपन्देही उद्योग संघका पूर्वअध्यक्ष एवं नेपाल उद्योग परिसंघका लुम्विनी प्रदेश अध्यक्ष एजाज आलमले बताए।

नेकपा एमाले लुम्विनी प्रदेश कमिटी सदस्य एवं प्रेस चौतारी इन्चार्ज मोहन चापागाईंले परमानन्द खरेलको स्मृतिमा स्थापना गरिएको पत्रकारिता पुरस्कारले एउटा असल राजनीतिकर्मीको सम्मान भएको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर