गुल्मीको रेसुङ्गा गर्जुरा क्षेत्रमा भीषण आगलागी – Nepal Press

गुल्मीको रेसुङ्गा गर्जुरा क्षेत्रमा भीषण आगलागी

रुपन्देही । गुल्मीको रेसुङ्गा गर्जुरा क्षेत्रमा भीषण आगलागी भएको छ ।

बिहीबार बिहानदेखि भएको आगलागीबाट यस क्षेत्रमा रहेको रेसुङ्गा पार्क उच्च जोखिममा परेको छ ।

कूल पाँच करोड ५९ लाखमा निर्माण भएको रेसुङ्गा पार्क नजिकै लागेको आगो निभाउने प्रयास भए पनि अझै नियन्त्रणमा नआएको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले जानकारी दिए।

पार्कभित्र भ्युटावर, पाँचवटा पिकनिक ट्रस, फोटोग्राफी जोन, बालबालिकाका प्ले जोन, पिकनिक स्पोर्ट, दुई शौचालय, प्रशासकीय भवन, टिकट काउन्टर र पुलसहितको पोखरी लगायतका संरचना रहेका छन् ।

रेसुङ्गा पार्क तीन दशमलव ९६ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

आगो निभाउनको लागि यति वेला उक्त क्षेत्रमा दमकल, सुरक्षाकर्मी र रेसुङ्गा नगरपालिकाको समूह पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *