भ्रष्टाचारको मुद्दा लागेपछि दक्षिणी अफ्रिकी सभामुखको राजीनामा – Nepal Press

भ्रष्टाचारको मुद्दा लागेपछि दक्षिणी अफ्रिकी सभामुखको राजीनामा

काठमाडौं । भ्रष्टाचारको मुद्दा लागेपछि दक्षिण अफ्रिकाकी सभामुख नोसिविए मापिसा काकुलाले राजीनामा दिएकी छन् ।

जर्मनीको विश्व च्यानल डिडब्लूका अनुसार दक्षिण अफ्रिकामा आम चुनाव आउन एक महिना बाँकी हुँदा उनले राजीनामा दिएकी हुन् ।

उनी रक्षामन्त्री हुँदा भ्रष्टाचार गरेको अभियोगमा उनको राजीनामा आएको हो । उनी सन २०१४ देखि सन २०२१ सम्म रक्षामन्त्री थिइन ।

उनले सैन्य ठेक्काको क्रममा एक लाख ३५ हजार डलर घुस लिएको आरोपमा अनुसन्धान भइरहेको छ । भ्रष्टाचार मुद्दामा सत्ताधारी अफ्रिकन नेशनल कंग्रेसलाई तनाव थपिएको छ ।

रंगभेद सकिएपछि र सन १९९४ मा भएको पहिलो चुनावपछि लगालग जित्दै आएको कंग्रेसलाई यो घटनाले धक्का दिएको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर