बढ्यो ह्युमनोइड रोबोटिक्सको प्रयोग, यी हुन् विश्वका एड्भान्स रोबोट – Nepal Press

बढ्यो ह्युमनोइड रोबोटिक्सको प्रयोग, यी हुन् विश्वका एड्भान्स रोबोट

काठमाडौं । पछिल्लो समय विश्वमा एआईको विकाससँगै ह्युमनोइड रोबोटको चर्चा बढ्दो छ । सन् २०२२ सम्म विश्व बजारमा ह्युमनोइड रोबोटिक्सको मार्केट १.३ बिलियन अमेरिकी डलर रहेको ‘ग्लोबल रणनीतिक व्यापार रिपोर्ट’ ले उल्लेख गरेको थियो । उक्त रिपोर्टले सन् २०३० सम्म ह्युमनोइड रोबोटिक्सको ग्लोबल मार्केट ६.३ बिलियन अमेरिकी डलर पुग्ने प्रक्षेपण गरेको छ ।

ह्युमनोइड रोबोट मानवकै प्रतिमूर्ति हो । कलकारखानामा काम गर्न लामो समयअघिबाटै रोबोट बनाइएको थियो । तर, मानवीय आकारमा बनाइएको रोबोटले विश्वभर नै चर्चा पाएको छ । त्यसैले ठूल्ठूला कम्पनीहरुले ह्युमनोइड रोबोट निर्माणमा लगानी गरिरहेका छन् । यसको पछिल्लो उदाहरण च्याट जीपीटी निर्माता कम्पनीमा आधारित ‘फिगर ०१’ नामक ह्युमनोइड रोबोट हो ।

गत वर्षमात्रै विश्वका धनाढ्यमध्ये एक एलन मस्कको कम्पनी टेस्लाले सार्वजनिक गरेको ‘ओप्टिमस जीन २’ ह्युमनोइड रोबोट हो । संसारभरमा रोबोट बनाउने क्रम तीब्र छ । त्यसमा पनि अहिले ह्युमनोइड रोबोटमा कम्पनीहरुले बढी सक्रियता देखाएको पाइन्छ । सामान्य काम गर्नेदेखि बोल्नसक्नेसम्मका रोबोट बनिसकेका छन् ।

च्याट जीपीटीमा आधारित ‘फिगर ०१’ रोबोट

एआई रोबोटिक्स कम्पनी ‘फिगर एआई’ ले च्याट जीपीटीमा आधारित ओपन एआईको ह्युमनोइड ‘फिगर ०१’ नामक रोबोट सार्वजनिक गरेको छ । सन् २०२३ को सुरुदेखि नै ‘फिगर ०१’ मा काम गरिरहेको एआई रोबोटिक्स कम्पनी ‘फिगर एआई’ ले गएको फेब्रुअरी महिनामा परीक्षणका केही भिडियो सार्वजनिक गरेको थियो । जसमा रोबोटले मानिसले सोधेका प्रश्नको उत्तर दिने काम र सामग्री छुट्याउन सक्षम रहेको देखाइएको थियो ।

रोबोटको उचाइ सामान्य मानिस जस्तै ५.६ फिट र तौल ६० केजी रहेको उल्लेख छ । रोबोट ५ किलोमिटर प्रतिघण्टाका हिसाबले दौड्न सक्ने र १.२ एमएस स्पीडमा काम गर्न सक्ने जनाइएको छ ।

यसलाई कम्पनीले पहिलो व्यवसायिक ‘भाइबल अटोनोमस ह्युमनोइड’ रोबोट बनाएको उल्लेख गरेको छ । एआई प्रणालीमा निर्माण गरिएको रोबोटले ह्युमनोइडहरूलाई दैनिक कार्य गर्न सहयोग गर्ने, जटिल काममा सहयोग गर्न सक्ने लक्ष्य लिइएको छ ।

टेस्लाको ‘ओप्टिमस जेन २’ रोबोट

एलन मस्कको स्वामित्वमा रहेको टेस्ला कम्पनीले सन् २०२३ को डिसेम्बरमा ह्युमनोइड रोबोट ‘ओप्टिमस जेन २’ को डेमो भिडियो सार्वजनिक गरेको थियो । त्यसअघि पनि कम्पनीले जेन १ नामसहित यस रोबोटमा काम गरेको थियो ।

एड्भान्स टेक्नोलोजीमा का मगर्दै आएको टेस्ला विश्वभर नै चर्चित मानिन्छ । टेस्लाले बनाएको ७३ केजी तौलको ओप्टिमसले २० किलोग्रामसम्म भार बोक्नसक्छ । टेस्लाको उक्त रोबोट ५ माइल प्रतिघण्टाको गतिमा दौड्न सक्ने उल्लेख गरिएको छ ।

टेस्लाले सार्वजनिक गरेको ह्युमनोइड रोबोटको प्रारम्भिक दृश्यमा सामान्य मानिसभन्दा अलि भिन्न रुपमा हिँड्नसक्ने, उठबस गर्नसक्ने र हातले सामान उठाउन सक्ने देखाइएको छ । यसलाई पूर्ण रुपमा कहिले सञ्चालनमा ल्याइने यसबारे कम्पनीले खुलाएको छैन । रोबोटलाई कम्पनीले एड्भान्स बनाउने बताएको छ ।

सबैभन्दा एडभान्स मानिएको ‘डाइनामिक एटलस’

अहिलेसम्मकै सबैभन्दा बढी एड्भान्स र फास्ट मानिएको ‘बोस्टन डायनामिक्स एटलस’ तीब्र चाल र एथलेटिक क्षमताका लागि चर्चित ह्युमनोइड रोबोट हो ।

एटलस सार्वजनिक हुँदा नै हिँड्ने, दौड्ने, उफ्रिने र स्टन्ट गर्न सबैमा माहिर सावित देखिएको थियो । सामान्य रोबोटभन्दा फरक र एडभान्स बनाउन यसमा कम्पनीले अझै मोडिफाइ र क्षमतावान बनाउन लागेको जनाएको छ ।

एटलसको तौल ८९ किलोग्राम र उचाइ १.५ मिटर रहेको छ । २.५ मिटर प्रतिसेकेन्ड गतिमा काम गर्नसक्ने उल्लेख गरिएको छ ।

कम्पनीले निरन्तर रुपमा रोबोटमा गरिएका परिवर्तन र नयाँ नयाँ परीक्षण सार्वजनिक गर्दै आएको छ । अहिले उक्त रोबोटले सामान्य रुपमा गाडी खोल्न र जोड्नसक्ने क्षमतामा कम्पनीले काम गरिरहेको उल्लेख गरेको छ । भविष्यमा यसले सामान्य मानिसभन्दा अतिरिक्त बहुकाम गर्न सक्नेगरी तयार गरिन लागेको जनाइएको छ ।

एप्ट्रोनिकको ‘अपोलो’

एप्ट्रोनिक कम्पनीले बनाएको ह्युमनोइड रोबोट ‘अपोलो’ लाई सन् २०२३ मा सार्वजनिक गरिएको थियो । यसलाई कम्पनीले पहिलो व्यवसायिक रोबोटका रुपमा लन्च गरेको थियो ।

यसको डिजाइन अन्य रोबोटहरुभन्दा भिन्न छ । यसको उचाइ समान्य मानिससरह ५.८ फिट राखिएको छ । कम्पनीका अनुसार यसले ४ घण्टाको ब्याट्री ब्याकअप दिने उल्लेख गरिएको छ । अपोलोको तौल ७२ किलोग्राम छ । यसले २५ किलोग्रामसम्मको भारी उठाउन सक्ने जनाइएको छ ।

अपोलोलाई निश्चित ठाउँमा काम गर्नेगरी राख्न र हिँड्डुल गर्नेगरी दुइटै प्रकारले प्रयोगमा ल्याउन सकिन्छ । यसको मुख्य विशेषता भनेकै दुइटै स्थितिमा सामान्य मानिस जसरी काम गराउन सकिन्छ ।

फोरियर इन्टिलिजेन्सको ‘जीआर-१’

सन् २०२३ को डिसेम्बरमा सिंगारपुरमा रहेको फोरियर इन्टिलिजेन्स कम्पनीले आफ्नो पहिलो ह्युमनोइड रोबोट ‘जीआर-१’ सार्वजनिक गर्‍यो । सन् २०१७ देखि नै फोरियरले रोबोटिक्समा काम गर्दै आएको थियो ।

फोरियरको ‘जीआर-१’ को उचाइ ५ फिट छ । रोबोटको तौल ५५ किलोग्राम छ । यसले ५० किलोग्रामसम्मको भारी बोक्न सक्ने कम्पनीले जनाएको छ । रोबोटको गति ५ किलोमिटर प्रतिघण्टा रहेको छ ।

अगिलिटी रोबोटिक्सको ‘डिजिट’

अमेरिकी कम्पनी अगिलिटी रोबोटिक्सले बनाएको ह्युमनोइड रोबोट हो ‘डिजिट’ । मोबाइल मेन्युपुलेशन रोबोट ‘डिजिट’ लाई कम्पनीले सबैभन्दा एडभान्स दाबी गरेको छ । यसले मानिसले गर्ने सबैभन्दा कठिनदेखि सरलसम्म काम गर्नसक्ने उल्लेख गरिएको छ ।

यस रोबोटले गर्ने कामको क्षमतादेखि अवस्था सुधारमा महत्वपूर्ण भूमिका खेल्ने कम्पनीले उल्लेख गरेको छ । यसलाई मानिसको दैनिक काममा पनि प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

एजेन्सीहरुकाे सहयाेगमा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर