पर्वत जलजलामा दम्पती हत्यापीडित परिवारसँग मन्त्री गिरी, अनुसन्धान प्रभावकारी बनाउन निर्देशन दिएको भनाइ – Nepal Press

पर्वत जलजलामा दम्पती हत्यापीडित परिवारसँग मन्त्री गिरी, अनुसन्धान प्रभावकारी बनाउन निर्देशन दिएको भनाइ

पर्वत । पर्वत जिल्लाको जलजला गाउँपालिका वडा न २ मा ६९ वर्षीय सूर्यबहादुर जिसी र उनकी श्रीमती ६७ वर्षीया कमला जिसीका हत्या भएको छ । हत्याबाट मृत्यु भएका जिसी दम्पतीको परिवारलाई आज कानून न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले भेटघाट गरेका छन् ।

पीडित परिवारको घर जलजला २ दहमा पुगेका गिरीले परिवारका सदस्यहरुलाई भेट गरेका हुन् । हत्या भएको २ दिनसम्म पनि प्रहरीले हत्यारा पक्राउ गर्न सकेको छैन । परिवारसंगको भेटमा कानून मन्त्री गिरीले हत्यारा छिट्टै पक्राउ पर्ने बताए । उनले हत्या जस्तो जघन्य अपराधमा संग्लन्न जो सुकैलाई पनि सरकारले नछाड्ने भन्दै परिवारले न्याय जसरी पाउने आश्वासन दिए ।

घरमा बसीरहेका जिसी दम्पत्तिको रातीको समयमा हत्या भएको थियो । विहान छिमेकीले मृत अवस्थामा फेला पारेका दम्पत्ति एक्लो घरमा बस्दै आइरहेका थिए । हत्याको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

पीडित परिवारले न्याय पाउने गरी सुरक्षा निकायका सबै निकायबाट अनुसन्धानलाई प्रभावकारी बनाउन आफूले निर्देशन दिइसकेको मन्त्री गिरीले परिवारलाई बताएका छन् । मन्त्री गिरीले अपराधीलाई कारबाही नगरे देशमा यस्ता आपराधिक घटना अझै बढ्ने भन्दै छिट्टै अपराधीलाई सार्वजनिक गर्न सुक्ष्म अनुसन्धान भइरहेको बताए ।

हत्यारालाई खोज्नका लागि प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर समेतबाट समेत प्रहरीले अनुसन्धान गरीरहेको छ । प्रहरी नायव उपरिक्षक खुमलाल भुषालले अनुसन्धान भइरहेको र अभियुक्त छिट्टै पत्ता लाग्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *