बुटवलका प्रहरी प्रमुखमाथि ईरिक्सा चालकद्वारा कुटपिट – Nepal Press

बुटवलका प्रहरी प्रमुखमाथि ईरिक्सा चालकद्वारा कुटपिट

रूपन्देही । बुटवल उपमहानगरका नगर प्रहरी प्रमुख बुटवलका ईरिक्सा चालकहरुबाट कुटिएका छन् । उपमहानगरपालिका कार्यालयमा ज्ञापन पत्र बुझाउन भन्दै पुगेका ईरिक्सा व्यवसायीहरूको आक्रमणबाट नगर प्रहरी प्रमुख जागेश्वर पाण्डे घाइते भएको बुटवल उपमहानगरपालिकाले जनाएको छ ।

उनलाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले बताए । उनले आफु कार्यालयमा नभएको अवस्थामा ज्ञापन पत्र बुझाउन आएका भनिएकाहरुबाट हातपात भएको बताए । छातीमा चोट लागेको र बोल्न असहज भएको भनेपछि थप उपचारका लागि चिकित्सकहरुलाई आग्रह गरेर आएको उनले बताए ।

ज्ञापनपत्र बुझाउने भन्दै उपमहानगरपालिका कार्यालय प्रवेश गरेका ईरिक्सा चालकहरुले एक्कासी नगर प्रहरी प्रमुख पाण्डेमाथि आक्रमण गरेको बताइएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *