सर्वोत्तम सिमेन्टका शेयर धनीलाई १५ प्रतिशत नगद लाभांश – Nepal Press

सर्वोत्तम सिमेन्टका शेयर धनीलाई १५ प्रतिशत नगद लाभांश

काठमाडौँ । सर्वोत्तम सिमेन्टले आफ्ना सेयर धनीलाई १५ प्रतिशत नगद लाभांश दिने भएको छ ।

कम्पनीले चुक्ता पुँजी ४ अर्ब ६५ करोड रुपैयाँको १५ प्रतिशतले हुन आउने ६९ करोड ७५ लाख रुपैयाँ नगद लाभांश दिने जनाएको छ ।

लाभांश पारित गर्न सर्वोत्तमले भैरहवा होटल भिलासामा वैशाख १२ गते साधारण सभा बोलाएको छ । अब चैत २९ गतेसम्म सर्वोत्तमको शेयर धनी बन्नेले यो लाभांश पाउनेछन् ।

बुक विल्डिङ प्रक्रियाबाट सेयर जारी गरेको सर्वोत्तमको सेयरमा अधिकांश कारोबारमा सकारात्मक सर्किट लागेको थियो ।

कारोबार रकमका आधारमा आज पनि दोस्रा स्थानमा सर्वोत्तम नै रहेको छ । यसको सेयर मूल्य ९०५ रुपैयाँ ५० पैसा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर