राजीनामापछि पाण्डेले भने- आजैबाट मेरै नेतृत्वमा सरकार गठनको काम सुरू हुन्छ (भिडिओ) – Nepal Press

राजीनामापछि पाण्डेले भने- आजैबाट मेरै नेतृत्वमा सरकार गठनको काम सुरू हुन्छ (भिडिओ)

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा दिएका नेपाली कांग्रेस गण्डकीका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले आजैबाट सरकार गठनको पक्रिया सुरू हुने बताएका छन् । बुधबार मुख्यमन्त्रीबाट राजीनामा दिएपछि पाण्डेले पत्रकारसँग कुरा गर्दै पाण्डेले धारा १६८ को उपधारा २ अनुसार नै सरकार बनाउन सुरू गर्ने बताएका हुन् ।

‘सवैधानिक व्यवस्थाअनुसार मैले या त विश्वासको मत लिनुपर्थ्यो या त राजीनामा दिनुपर्थ्यो । मैले राजीनामा गर्ने बाटो रोजेको हो,’ उनले भने, ‘अब आजैबाट मेरो काम सुरू हुन्छ । जस्तो अब सरकार बन्ने प्रक्रिया सुरू हुन्छ । अब संविधानको धारा १६८ को उपाधारा २ बमोजिम सरकार बनाउन आह्वान हुन्छ जस्तो लाग्छ ।’

समर्थन पुराउन सके आफू पुनः मुख्यमन्त्री हुने पाण्डेले सुनाए ।

‘सबैभन्दा ठूलो दलको नेताको हैसियतले मैले पनि दुई वा दुई भन्दा बढी दलहरूको समर्थन प्राप्त गर्न सके भने म यही प्रक्रियाबाट मुख्यमन्त्री नियुक्त हुन सक्छु । यदि पुराउन सकेन । अरु कसैले पुराउन सक्नुभयो भने उहाँहरू बन्नुहुन्छ,’ उनले भने ।

पाण्डे आज प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा बुझाएका थिए । फागुन २३ गते नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको पाण्डे सरकारलाई चैत २२ गतेभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । विश्वासको मत नपाउने देखेपछि मुख्यमन्त्री पाण्डेले आज राजीनामा दिएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर