३ सहायक सीडीओसहित गृहका ९ जना उपसचिवको सरुवा – Nepal Press

३ सहायक सीडीओसहित गृहका ९ जना उपसचिवको सरुवा

काठमाडौं । गृह मन्त्रालयले तीनजना सहायक सीडीओसहित ९ जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले बुधबार भोजपुरका सहायक प्रमुख जिल्ला अधिकारी मनिता श्रेष्ठको अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वरिष्ठ अध्यागमन अधिकृतका रूपमा सरुवा भएको छ । श्रेष्ठ भोजपुरको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा भए पनि उनी गृहमन्त्रालयमा काजमा रहेकी थिईन् ।

यस्तै सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी रेवतीरमण शर्माको अध्यागमन विभागमा काजमा रहनेगरी अध्यागमन कार्यालय तातोपानी सिन्धुपाल्चोकमा सरुवा गरिएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा काजमा रहेका जाजरकोटका सहायक सीडीओ पुष्कर रानाको अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरिष्ठ अध्यागमन अधिकृतका रूपमा सरुवा भएको छ ।

गृहमन्त्रालयमा कार्यरत उपसचिव मोहनप्रसाद न्यौपानेको अनुचित लेनदेन (मिटरब्याज) जाँचबुझ आयोगमा काजमा रहनेगरी अछामको सहायक सीडीओमा सरुवा गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर