‘अनजान’ मा इजराइली आक्रमणमा गाजाका ७ सहायताकर्मी मारिएको प्रधानमन्त्रीद्वारा स्वीकार – Nepal Press

‘अनजान’ मा इजराइली आक्रमणमा गाजाका ७ सहायताकर्मी मारिएको प्रधानमन्त्रीद्वारा स्वीकार

काठमाडौं । इजराइलका प्रधानमन्त्री नेतान्याहुले मङ्गलबार आफ्ना सशस्त्र बलबाट गाजामा भएको हवाई हमलामा ‘अनजान’ मा सात सहायताकर्मी मारिएको स्वीकार गरेका छन् ।

“दुर्भाग्यवश अन्तिम दिन गाजा क्षेत्रमा हाम्रा सेनाबाट अनजानमा निर्दोष मानिस मारिएको एउटा दुःखद घटना भएको छ”, हर्नियाको शल्यक्रियापछि जेरुसेलममा अस्पतालबाट बाहिर निस्कँदै गर्दा उनले भने, “यस्तो युद्धमा हुन्छ, हामी यसको अनुसन्धान अन्तिमसम्म गर्नेछौँ, हामी सरकारहरूसँग सम्पर्कमा छौँ र यस्तो नदोहोरियोस् भनेर हामी सबै गर्नेछौँ ।”

मारिने सबै सात जना अमेरिकास्थित वर्ल्ड सेन्ट्रल किचन (डब्ल्युसिके) का लागि काम गर्दथे । डब्ल्युसिकेले साइप्रसबाट सामुद्रिक मार्ग हुँदै युद्धग्रस्त गाजामा खाद्य सहायता पुर्याइरहेको छ । सोमबारको ‘लक्षित इजराइली आक्रमण’ पछि उसले आफ्नो गाजा अभियान रोकेको छ । डब्ल्युसिकेका अनुसार मारिएका सात जना अस्टे«लिया, पोल्यान्ड, संयुक्त अधिराज्य, अमेरिका र क्यानाडाका दोहोरो नागरिक तथा प्यालेस्टिनी थिए ।

इजराइली सैन्य प्रवक्ता रियर एडमिरल ड्यानियल हगारीले आफ्नो ‘गहिरो समवेदना’ प्रकट गर्न डब्ल्युसिकेका संस्थापक सेलिब्रिटी शेपा जोस एन्ड्रेससँग कुराकानी गरेको बताएका थिए। इजराइली सेनाको तथ्य पत्ता लगाउने र मूल्याङ्कन संयन्त्रले अनुसन्धान गर्ने जानकारी दिँदै उनले भने, “हामी आफ्नो निष्कर्ष पारदर्शीरूपमा साझा गर्नेछौँ ।”

प्रवक्ता हगारीले इजराइलका चिफ अफ जनरल स्टाफ हर्जी हलेवीले ‘आज राति प्रारम्भिक अनुसन्धानको निष्कर्षको व्यक्तिगतरूपमा समीक्षा गर्नुहुने’ बताए ।

संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरूले स्थितिलाई मानव निर्मित सङ्कट भन्दै उत्तरी गाजा भोकमरीको सङ्घारमा रहेको बारम्बार चेतावनी दिएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर