त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत आज नेपालले गुजरातसँग खेल्दै – Nepal Press

त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत आज नेपालले गुजरातसँग खेल्दै

काठमाडौं । एसएमएस फ्रेण्डसिपअन्तर्गत आज नेपाली राष्ट्रिय क्रिकेट टोलीले भारतीय क्लव गुजरातसँग तेस्रो टी २० खेल खेल्दैछ ।

यसअघि भएका दुई खेलमा नेपाल विजयी भएको छ । यसअघिका गुजरातलाई ८ विकेटले पराजित गरेको नेपालले मंगलवार बरोडालाई २७ रनले पराजित गरेको थियो ।

दुई खेलमै अपराजित नेपाल आज पनि जित निकाल्ने पक्षमा रहेको छ । आजको खेल जितेको खण्डमा सिरिजअन्तर्गत नेपाल एक खेल अगावै फाइनल पुग्नेछ । खेल दिउँसो पौने ३ बजेबाट शुरु हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर