त्रिविको चरम लापरबाही: स्नातक तहको दोस्रो वर्षको परीक्षा फेरि सर्‍याे – Nepal Press

त्रिविको चरम लापरबाही: स्नातक तहको दोस्रो वर्षको परीक्षा फेरि सर्‍याे

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले चार वर्षे स्नातक तहको दोस्रो वर्षको परीक्षा सारेको छ । चैत २८ गतेदेखि सुरु हुने भनिएको परीक्षा बैशाख १६ गतेलाई सारेको हो ।

परीक्षा नियन्त्रण कार्यालयले मंगलबार शिक्षाशास्त्र, मानविकी, व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान तर्फका नियमित परीक्षा सारेर नयाँ परीक्षा तालिका सार्वजनिक गरेकाे छ ।

यसअघि चैत्र २८ गतेदेखि सञ्चालन हुने भनिएको दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक गरेको थियो । परीक्षा सार्नुको कारण भने प्राविधिक कारण भनिएको छ । दोस्रो वर्षको परीक्षा सच्याएको यो दोस्रो पटक हो ।

यसअघि चैत ३१ गते परीक्षा राखेको थियो । जबकी यो मिति क्यालेण्डरमा नै छैन । चौतर्फी विरोध भएपछि परीक्षा मिति सच्याएर नयाँ तालिका सार्वजनिक गरेको थियो । तर यो तालिकामा पनि परीक्षा नहुने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर