ताइवानमा २५ वर्षयताकै शक्तिशाली भूकम्प, जापान र फिलिपिन्समा सुनामीको चेतावनी – Nepal Press

ताइवानमा २५ वर्षयताकै शक्तिशाली भूकम्प, जापान र फिलिपिन्समा सुनामीको चेतावनी

काठमाडौं । ताइवानको पूर्वी तटमा ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । आज बिहान स्थानीय समय अनुसार बिहान ७:५८ बजे ७.४ म्याग्निच्युडको भूकम्प गएको हो ।

सन १९९९ सेप्टेम्बर २१ पछिको सबैभन्दा ठूलो भूकम्प यहि भएको स्थानीय अखबार ताईपेई टाइम्सले उल्लेख गरेको छ ।

ताइवानको हुआलिआन काउन्टीलाई केन्द्रबिन्दु बनाएको भूकम्प धक्का ताइवानभरी महसुस गरिएको छ । जमिनबाट साढे १५ किलोमिटर मूनि भूकम्प गएकोले क्षति कम भएको बताइएको छ ।

ताइवानका अधिकारीहरुले आज विद्यालय बन्द गर्ने भएका छन्। चिनियाँ अखबार ग्लोबल टाइम्सका अनुसार चीनका चचिआङ, फुचिआन, चिआङ्सु, क्याङ्तोङ प्रान्त तथा साङ्हाई क्षेत्रमा पनि भूकम्प महसुस भएको छ । भूकम्पबाट अहिलेसम्म कुनै मानविय क्षति सार्वजनिक भएको छैन ।

भूकम्पपछि टापु र यसका छिमेकी देशहरूमा सुनामीको चेतावनी जारी गरेको छ।

यूएस जियोलोजिकल सर्भेका अनुसार भूकम्पको केन्द्र ताइवानको हुआलियन सहरबाट १८ किलोमिटर (११ माइल) दक्षिणमा रहेको छ।

‘यो ताइवानमा २५ वर्षयताकै शक्तिशाली भूकम्प हो,’ भूकम्प मापन अधिकारीहरूले  बीबीसीसँग।

३ मिटरसम्मको सुनामी छालहरू जापानको दक्षिणपश्चिमी तटीय क्षेत्रका ठूलो क्षेत्रमा पुग्ने अनुमान गरिएको जापान मौसम विज्ञान एजेन्सीले जनाएको छ।

फिलिपिन्सको भूकम्प मापन निकायले सुनामीको चेतावनी पनि जारी गरेको छ ।

भूकम्प जमिनको नजिक छ र यो उथलपुथल छ। यो ताइवान र अपतटीय टापुहरूमा महसुस गरिएको छ । यो २५ वर्ष यताकै सबैभन्दा शक्तिशाली हो’ ताइपेईको भूकम्प विज्ञान केन्द्रका निर्देशक वु चिएन फुले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *