इस्तानबुलकाे आवासीय भवनमा आगलागी हुँदा २५ जनाको मृत्यु, तीन घाइते – Nepal Press

इस्तानबुलकाे आवासीय भवनमा आगलागी हुँदा २५ जनाको मृत्यु, तीन घाइते

काठमाडाैं  । इस्तानबुलको एक आवासीय भवनमा मङ्गलबार आगलागी हुँदा २५ जनाको मृत्यु हुनाका साथै तीन जना घाइत भएका छन् । सहरको गभर्नरको कार्यालयले यसअघि १५ जनाको मृत्यु र आठ जना घाइते भएको जानकारी दिएको थियो ।

अग्निनियन्त्रकहरूले आगो निभाएको भए पनि आगलागीमा २५ जनाको ज्यान गएको छ र गम्भीर घाइते तीन जनाको अस्पतालमा उपचार भइरहेको छ”, गभर्नर दाभट गलको कार्यालयले विज्ञप्तिमा भनेको छ ।

“मध्य इस्तानबुल जिल्ला बेसिक्टासस्थित गेरेटेपेमा रहेको १६ तल्ले भवनको बेसमेन्टमा निर्माण कार्य चलिरहँदा आगलागी भएको हो”, गलले पत्रकारहरूलाई भने ।

घटनास्थलमा पुगेका इस्तानबुलका नवनिर्वाचित मेयर एक्रेम इमामोग्लुले बेसमेन्टमा नाइटक्लब सञ्चालनमा रहेको जानकारी दिए । “आगलागी नियन्त्रणमा छ । आशा गरौँ त्यहाँ थप पीडितहरू छैनन्”, इमामोग्लुले मृतक र घाइतेका आफन्तहरूप्रति समवेदना प्रकट गर्दै भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *