एमाले मकवानपुरको अधिवेशन जेठ तेश्रो साता हुने – Nepal Press

एमाले मकवानपुरको अधिवेशन जेठ तेश्रो साता हुने

हेटौंडा । नेकपा एमालेको जिल्ला अधिवेशन जेठ तेश्रो साता हुने भएको छ ।

मंगलबार बसेको नेकपा एमाले जिल्ला कमिटीको बैठकले जेठ तेस्रो साता जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो ।

बैठकले वैशाख १५ भित्र पार्टी सदस्यता नवीकरण गर्ने, वैशाख मसान्तसम्म वडा अधिवेशन गरिसक्ने र पार्टी जिल्ला कमिटीलाई अधिवेशन आयोजक कमिटीको रुपमा रुपानतरण गर्ने निर्णय भएको सचिव नवीन सिग्देलले जानकारी दिए ।

बैठकले अधिवेशको तयारीमा लाग्नको लागि मातहतको कमिटीलाई निर्देशन समेत दिएको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर