गृहमन्त्री लामिछानेलाई संसदको रोस्टममा जान नदिने कांग्रेसको निर्णय – Nepal Press

गृहमन्त्री लामिछानेलाई संसदको रोस्टममा जान नदिने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसको संसदीय बोर्डले गृहमन्त्री रवि लामिछानेलाई संसदमा सफाइको मौका नदिने निर्णय गरेको छ ।

आज बसेको बोर्डको बैठकले संसद बैठकमा गृहमन्त्री लामिछानेलाई रोष्टममा जानबाटै रोक्ने निर्णय गरेको हो ।

कांग्रेसले सहकारी ठगीसम्बन्धी विवादलाई लिएर गृहमन्त्रीमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने अडान राख्दै आएको छ । यस विषयमा गृहमन्त्री लामिछानेले संसदमा जवाफ दिने कार्यसूची रहेको छ ।

तर, कांग्रेसले गृहमन्त्रीलाई बोल्न नदिने पार्टीका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए । यदि भाेलिकै बैठकमा गृहमन्त्रीले बाेल्ने कार्यसूची तय भएमा महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसकाे तर्फबाट भनाइ राख्ने र संसद अवरुद्ध गर्ने विश्वकर्माले बताए ।

आज बसेको बैठकमा इलाम- २ को उपचुनावमा उम्मेदवार चयन गर्ने विषयमा छलफल हुन सकेन । उम्मेदवार चयन गर्न भोलि २ बजे फेरि बोर्ड बैठक डाकिएको छ ।


प्रतिक्रिया

2 thoughts on “गृहमन्त्री लामिछानेलाई संसदको रोस्टममा जान नदिने कांग्रेसको निर्णय

  1. देश लुटने काँग्रेस। देश बेच्ने काँग्रेस । अरूलाई अवरोध ? यिनलाई गाउँगाउँमा जान अवरोध गरौं । सबैभन्दा बढी सहकारी ठग काँग्रेस छन् ।काँग्रेस यो देशको क्यान्सर हो । काँग्रेस नसकिई देशमा केही हुँदैन । यी विदेशी दलाल हुन् ।

  2. नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर बेच्ने कालो काङ्ग्रेसलाई सबै नेपालीले बहिष्कार गरौ!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर