एमाले र माओवादीकाे कुरा नमिलेपछि कर्णाली प्रदेशसभा बैठक भाेलिलाई सर्‍याे – Nepal Press

एमाले र माओवादीकाे कुरा नमिलेपछि कर्णाली प्रदेशसभा बैठक भाेलिलाई सर्‍याे

सुर्खेत । कर्णाली प्रदेशसभाको बैठक स्थगित भएको छ । मंगलबार दिउँसो ३ बजे बस्ने भनिएको बैठक स्थगित भएको हो । नेकपा माओवादी र एमालेका शीर्ष नेताहरुबीच वार्ता चलिरहेको हुँदा बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीले जानकारी दिए ।

उनले भने, ‘निधारित समयभन्दा २ घण्टासम्म बैठक बसाल्न नसकेमा सभामुख त्यो बैठकलाई अर्काे दिनका लागि सार्न सक्ने हाम्रो नियम छ । यसैमा रहेर हामीले बैठक सारेको हो ।’

बैठक बुधबार (भोलि) ३ बजे बस्ने छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर