एमाले सिन्धुपाल्चोक १० औं अधिवेशन : अध्यक्षमा श्रेष्ठ, अन्यमा को-को ? (मतसहित) – Nepal Press

एमाले सिन्धुपाल्चोक १० औं अधिवेशन : अध्यक्षमा श्रेष्ठ, अन्यमा को-को ? (मतसहित)

सिन्धुपाल्चोक । नेकपा एमाले सिन्धुपाल्चोकको १० औ जिल्ला अधिवेशनबाट अधयक्षमा होमनारयण श्रेष्ठ निर्वाचित भएका छन् । शुक्रबारदेखि सुरु भएको अधिवेशनमा नयाँ नेतृत्व छनोटका लागि सोमबार निर्वाचन भएको थियो ।

आव सार्वजनिक भएको अन्तिम मत परिणामअनुसार अध्यक्ष श्रेष्ठले अर्का उम्मेदवार निवर्तमान अध्यक्ष कमल नेपाललाई १४ मत अन्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।

श्रेष्ठले ३६३ मत ल्याएका थिए भने नेपालले ३४९ मत ल्याएका थिए । उपाध्यक्षमा नेपाल प्यानलका अर्जुन भण्डारी निर्वाचित भएका छन् । भण्डारीले ३४५ मत पाउदा उनका प्रतिष्पर्धी श्रेष्ठ प्यानलका विष्णुमणी आचार्यले ३०७ मत ल्याएका थिए ।

त्यस्तै सचिवमा पनि नेपाल प्यानलकै कृष्णगोपाल तामाङ निर्वाचित भएका छन् । तामाङले ४०३ मत ल्याएका थिए भने श्रेष्ठ प्यानलबाट सचिवमा उम्मेदवारी दिएका यज्ञराज सापकोटाले २७० मत मात्रै ल्याएका छन् ।

उपसचिव खुलामा पनि नेपाल प्यानलका शिवहरी सापकोटा निर्वाचित भएका छन् । सापकोटाले ३३६ मत ल्याएका थिए भने अर्का उमेदवार विजयकृष्ण श्रेष्ठले ३१३ मत पाएका छन् । उप–सचिव महिलामा पदाधिकारी मध्ये सर्वाधीक मत पाएर शुसिला पाख्रीन निर्वाचीत भएकी छन् । उनले ४५६ मत पाउदा प्रतिष्पर्धी शोभा कार्कीले २०८ मत मात्रै पाएकी छन् ।

लेखा आयोग अध्यक्षमा नेपाल प्यानलबाट नेत्रप्रसाद पौडेल निर्वाचित भएका छन् भने सचिवमा श्रेष्ठ प्यानलका उमेश थापा निर्वीरोध निर्वाचीत भएका छन् ।

वर्तमान जिल्ला अध्यक्ष समेत रहेका नेपाललाई एमाले पोलिटब्यूरो सदस्य अरुण नेपाल लगायत प्रदेश स्तरका नेताहरुले सहयोग गरेका थिए भने श्रेष्ठलाई स्थाई कमिटी सदस्य शेरबहादुर तामाङ, केन्द्रीय सदस्य दावा तामाङ, सरेश नेपाल, समाजवादीबाट एमालेमा आएका सुवास कर्माचार्य लगायतका नेताहरुले सहयोग गरेका थिए ।

१० औ जिल्ला अधिवेशनबाट एमाले सिन्धुपाल्चोकमा नयाँ नेतृत्व छनोट हुदै गर्दा कार्यकर्ताहरु भने वडा तहसम्म प्रष्ट रुपमा दुइ गुटमा विभाजन भएका छन् ।

 


प्रतिक्रिया

One thought on “एमाले सिन्धुपाल्चोक १० औं अधिवेशन : अध्यक्षमा श्रेष्ठ, अन्यमा को-को ? (मतसहित)

  1. नेता सुवास कर्माचार्य समाजवादीबाट एमालेमा आउनु भएको होइन, फर्कनु भएको हो । सिन्धुपाल्चोक जिल्लामा एमालेको संगठन निर्माण र विस्तारमा कर्माचार्यको ठूलो योगदान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर