मैले सदनमा उभिएर जवाफ दिन पाउनुपर्छ : गृहमन्त्री लामिछाने (भिडिओ) – Nepal Press

मैले सदनमा उभिएर जवाफ दिन पाउनुपर्छ : गृहमन्त्री लामिछाने (भिडिओ)

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूमाथि सदनमा उठेका विषयको जवाफ सदनमै उभिएर दिन पाउनुपर्ने बताएका छन् ।

मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सहकारीलगायतका विषयमा सदनमा उठेका प्रश्नको जवाफ सदनमा दिने अवसर पाउनुपर्ने बताएका हुन् । लोकतन्त्रमा प्रतिपक्षीले आफूलाई लागेका कुरा सदनमा उठाउन पाउनुपर्ने विषयलाई आफूले सम्मान गर्ने भन्दै उनले आफूले पनि सदनमा नै त्यसको जवाफ दिन पाउनुपर्ने बताए ।

लामिछानले गृहमन्त्रालयको काम कारबाही, विपद् व्यवस्थापनको तयारी, भूकम्पपीडितको पुनर्वासलगायतका विषयमा समेत आफूले जवाफ दिन चाहिरहेको जिकिर गरे । जाहेरी दिँदैमा सदनमा सवै विषयमा छानबिन गर्न संसदीय समितिको आवश्यक नरहेको उनको प्रष्टोक्ति थियो ।

रास्वपा सभापति समेत रहेका लामिछानेले पार्टीका अन्य नेताहरूको पनि सहकारी प्रकरणमा नाम जोडिएको विषयमा प्रचारबाजी मात्रै भएको तर्क गरे । कसैमाथि प्रश्न उठ्दैमा आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।


प्रतिक्रिया

One thought on “मैले सदनमा उभिएर जवाफ दिन पाउनुपर्छ : गृहमन्त्री लामिछाने (भिडिओ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर