सरकारी ट्रेजरी र ऋणपत्रको निष्कासन अबदेखि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले गर्ने – Nepal Press

सरकारी ट्रेजरी र ऋणपत्रको निष्कासन अबदेखि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले गर्ने

काठमाडौँ । नेपाल सरकारको ट्रेजरी बिल्स र विकास ऋणपत्रको बोलकबोल अबदेखि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले गर्ने भएको छ ।

चैत्र १९ गतेदेखि उक्त व्यवस्था लागू भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसअघि केन्द्रीय बैंकबाट नै सरकारी ऋणपत्र तथा ट्रेजरी बिल्सको बोलकबोल हुँदै आएको थियो ।

सार्वजनिक ऋण व्यवस्थापनले नै सो काम गर्नुपर्ने आवाज उठ्दै आए पनि लामो समयदेखि केन्द्रीय बैंकले नै बोलकबोलको सूचना जारी गर्दै आएको थियो ।

अब उक्त कार्य सार्वजनिक ऋण व्यवस्थापन कार्यालय, त्रिपुरेश्वरबाट हुनेछ ।

साथै, सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले बोलकबोलको निर्णय डिओएमएस को आधारमा गर्ने भएकोले उक्त कार्यमा सहभागीहरूले डिओएमएस र ओबिएसएस दुवैमा बोलकबोल पेश गर्नु पर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर