सुदूरपश्चिमका मुख्यमन्त्री शाहले २२ गते विश्वासको मत लिने
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
२०८० चैत २० गते ११:४८
![](https://www.nepalpress.com/wp-content/uploads/2024/03/kamal-bahadur-shah-e1709788090503.jpg)
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले २२ गते विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री शाहले आज प्रदेशसभा सचिवालयमा विश्वासको मत लिनको लागि सूचना दर्ता गराएका हुन् ।
२२ गते दिउँसो ३ बजे बैठक आह्वान गरिएको सभामुख भीम भण्डारीले जानकारी दिए । भोलि ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ ।
२३ गते माओवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले विश्वासको मत लिन लागेका हुन् । अहिले कांग्रेसका १८, माओवादीका सभामुखसहित ११ एमालेका १०, नाउपाका ७, नेकपा एसका ४ साथै स्वतन्त्र र राप्रपाका १/१ जना संसद छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर