हिमालयन बैंकका ८ जना संस्थापकको नाममा रहेको शेयर बिक्रीमा राखियो – Nepal Press

हिमालयन बैंकका ८ जना संस्थापकको नाममा रहेको शेयर बिक्रीमा राखियो

काठमाडौं । हिमालयन बैंकका ८ जना संस्थापक शेयर धनीले आफ्नो स्वामित्वमा रहेको शेयर बिक्री गर्न लागेका छन् ।

उनीहरूले १३ लाख २७ हजार ८६७ कित्ता सेयर बिक्री गर्ने भएका छन् । यसमा हिमालयन बैंककै संस्थापक शेयर धनीले आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न इच्छुक जो कोहीले आज (चैत २० गते) देखि ३५ दिन भित्र यस बैंकको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको ब्यहोरा खुलाइ आवेदन दिनु पर्नेछ ।

संस्थापक शेयरहरूको बिक्री मूल्य बिक्रेता अनुसार फरक फरक रहेकाले मूल्यसम्बन्धी जानकारी बैंकको केन्द्रीय कार्यालयबाट लिनुपर्ने बैंकले जनाएको छ ।

बैंकका संस्थापक पुन प्रसाद सुवेदीको नाममा रहेको ३० हजार कित्ता, नम्रता श्रेष्ठको नाममा रहेको ७ लाख ५० हजार ३ सय ९४ कित्ता, नारायण श्रेष्ठको ४ हजार, प्रकाश तायलका्े नाममा रहेको ३ लाख ८ हजार ३ सय ४८ कित्ता, तुलसीराम नेपालको नाममा रहेको ७ हजार ४ सय ९ कित्ता सेयर बिक्री गर्न लागिएको हो ।

यसैगरी ईश्वरलाल श्रेष्ठ १ लाख ५ हजार ८ सय ४ कित्ता सेयर, नरेशविक्रम सिजापति २२ हजार ३ सय १३ कित्ता र गिरेन्द्रमान सिंह श्रेष्ठको नाममा रहेको ९९ हजार ५ सय ९९ कित्ता सेयर पनि बिक्रीमा राखिएको छ ।

यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ । हाल यस बैंकको दोस्रो बजारमा संस्थापक सेयरको मूल्य १ सय २३ रुपैयाँ र सर्वसाधारणतर्फको सेयर मूल्य १८८ रुपैयाँ रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर