बागमतीमा मन्त्रिपरिषद् विस्तार, समाजवादीकी आले विनाविभागीय मन्त्री – Nepal Press

बागमतीमा मन्त्रिपरिषद् विस्तार, समाजवादीकी आले विनाविभागीय मन्त्री

हेटौंडा। बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार भएको छ । नेकपा एकीकृत समाजवादीबाट विना विभागीय मन्त्रीमा नियुक्त रमा आलेमगरले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार बिहान उनलाई विना विभागीय मन्त्रीको शपथ गराएका हुन् । यो सँगै समाजवादीबाट शालिकराम जम्कट्टेल नेतृत्वको सरकारमा मन्त्रीको सङ्ख्या ३ पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर