१५ महिनामा बागमतीका मुख्यमन्त्री जम्कट्टेलले पाए तेश्रो पटक विश्वासको मत – Nepal Press

१५ महिनामा बागमतीका मुख्यमन्त्री जम्कट्टेलले पाए तेश्रो पटक विश्वासको मत

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्त गरेका छन् । गत फागुन २३ गते नेपाली काङ्ग्रेसले आफ्नो ६ जना मन्त्रीहरू बोलाएर सरकारलाइ दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिएका हुन् ।

कूल ११० जना प्रदेशसभा सदस्य रहेको बागमतीमा जम्कट्टेलको पक्षमा एमालेको २७, माओवादी केन्द्रको २१, एकीकृत समाजवादीको ७ तथा हाम्रो नेपाली पार्टीका १ जना गरी ५६ जनाले विश्वासको मत दिएका हुन् । हाम्रो नेपाली पार्टीको सरिता खड्गी भने बैठकमा अनुपस्थित रहेकी थिइन् ।

जम्कट्टेलको विपक्षमा काङ्ग्रेसको ३७ मात्र मत परेको छ । राप्रपाको १२ जना प्रदेशसभा सदस्य तथा नेमकिपाका ३ जना गरि १५ जना प्रदेशसभा सदस्यले तटस्थमा मतदान गरेका छ्न् ।

२०७९ साल पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका जम्कट्टेलले सोही वर्ष माघ ३ गते पहिलो पटक विश्वासको मत लिएका थिए भने एमालेले सरकार छाडेपछि पुन सोही वर्ष चैत १० गते पुनः दोश्रो पटक विश्वासको मत लिएका थिए । आज चैत १९ मा विश्वासको मत पाएका उनले १५ महिनाको अवधिमा तेश्रो पटक विश्वासको मत प्राप्त गरेका हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर