आयरल्यान्ड ‘ए’माथि नेपाल ‘ए’ को सान्त्वना जित – Nepal Press

आयरल्यान्ड ‘ए’माथि नेपाल ‘ए’ को सान्त्वना जित

काठमाडौं । तेस्रो टी-२० अभ्यास खेलमा नेपाल ‘ए’ले आयरल्यान्ड ‘ए’ लाई ३ रनले पराजित गरेको छ ।

नेपाल ‘ए’ले दिएको २१३ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड ‘ए’ २० ओभरमा ७ विकेट गुमाएर २ सय १० रन मात्र बनाउन सक्यो । आयरल्याण्डका ग्यारेथ डेलानीले ६८ र मोर्गन टोपिङ ६० रन जोडे ।

बलिङमा नेपालका विपिन खत्रीले ३, रसिद खान, कमलसिंह ऐरी र नारायण जोशीले एक-एक विकेट लिए ।

यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ‘ए’ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१३ रन बनाएको थियो ।

नेपालका लागि आरिफ शेखले सर्वाधिक ९३ रन जोडे । आरिफ ४८ बलमा ७ चौका र ६ छक्का गर्दै ९३ रनमा अविजित रहे । रसिद खानले २९, कमलसिंह ऐरीले १९ , बसिर अहमदले १९, पवन सराफले १३ रन बनाए ।

नेपाल यसअघि दुवै खेलमा पराजित भएको छ । पहिलो खेल २१ रनले पराजित भएको नेपाल दोस्रो खेलमा ४० रनले पराजित भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर