आयरल्यान्ड ‘ए’ विरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल – Nepal Press

आयरल्यान्ड ‘ए’ विरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल

काठमाडौं । तेस्रो टी-२० अभ्यास खेलमा आयरल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ ले पहिला ब्याटिङ गर्ने भएको छ । टीयु क्रिकेट मैदानमा आयरल्यान्ड ‘ए’ ले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।

नेपाल यसअघि दुवै खेलमा पराजित भएको छ । पहिलो खेल २१ रनले पराजित भएको नेपाल दोस्रो खेलमा ४० रनले पराजित भएको थियो।

नेपाली टोली: विनोद भण्डारी (कप्तान), लोकेश बम, देव खनाल, आरिफ शेख, पवन सर्राफ, बसिर अहमद, राशिद खान, सागर ढकाल, विपिन खत्री, कमल सिंह ऐरी र नारायण जोशी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर