न्यारोबडी खरिद प्रक्रियामा भ्रष्टाचार नभएको विश्वास दिलाउन निगमलाई समितिको निर्देशन – Nepal Press

न्यारोबडी खरिद प्रक्रियामा भ्रष्टाचार नभएको विश्वास दिलाउन निगमलाई समितिको निर्देशन

काठमाडौं । न्यारोबडी जहाज खरिद प्रक्रियाका बारेमा १५ दिनभित्र स्पष्ट जवाफ पेश गर्न नेपाल वायुसेवा निगमलाई अन्तर्राष्ट्रिय समितिले निर्देशन दिएको छ ।

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सोमबार बसेको बैठकमा न्यारोबडी जहाज खरिद प्रक्रिया भ्रष्टाचारजन्य कार्य नभएको समितिलाई विश्वास हुनेगरी स्पष्ट जवाफ पेश गर्न समिति सभापति राजकिशोर यादवले निर्देशन दिएका हुन् ।

समितिले न्यारोबडी जहाजका विषयमा उपसमिति बनाएर छानबिन गरिने बताए । न्यारोबडी जहाज खरिद सम्झौताको बेलामा भएका सबै प्रक्रियाका कागजात पेश गर्न पनि निर्देशन दिइएको छ । सभापति यादवले दुई हप्ताभित्र न्यारोबडी इन्जेक प्रक्रियामा कुनै बद्मासी नभएको विश्वास दिन जरुरी रहेको बताए । निगमले जहाज खरिदपछि बनाएको व्यवसायिक योजना पनि समितिले मागेको छ ।

सभापति यादवले भने, ‘समितिले उपसमिति बनाएर समितिलाई विश्वास तुल्याउने गरी न्यारोबडी जहाजसम्बन्धी सम्झौताको बेला के भएको थियो ? तपाईँले गरेको सम्झौता के हो ? अहिले भएको के हो ? त्यसमा भ्रष्टाचार छैन भन्ने समितिलाई विश्वास हुनुपर्‍यो । होइन भने थप कारबाहीको लागि बाध्य हुन्छौं ।’

युरोपियन युनियनको कालोसूचीबाट हट्नको लागि नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगम एक ठाउँमा हुन जरुरी रहेको पनि उनले औंल्याए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *