लक्ष्मी सनराइज बैंकको लैङ्गिक समानता र महिला सशक्तीकरण कार्यक्रम – Nepal Press

लक्ष्मी सनराइज बैंकको लैङ्गिक समानता र महिला सशक्तीकरण कार्यक्रम

काठमाडौं । लक्ष्मी सनराइज बैंकले समावेशिता, समानता र सशक्तीकरणको संस्कृतिलाई बढवा दिने आफ्नो प्रतिबद्धतालाई जोड दिँदै ‘स्पार्क २४ इम्पावरिङ वुमन इन लिडरसीप- इन्सपायर इन्क्लुजन’ कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य लिली थापा, अन्तर्राष्ट्रिय मुद्रा कोषका आवासीय प्रतिनिधि टेरेसाद बान सान्चेज, एफ वान सफ्ट ग्रुपका पियुष पौड्याल तथा भायनेट कम्युनिकेसन्सकी प्रमुख कार्यकारी अधिकृत सेवा पाठक लगायतका वक्ताहरूले महिला नेतृत्व र सशक्तीकरणको बारेमा आफ्ना धारणाहरू राखेका थिए ।

कार्यक्रमको समापन मन्तव्यमा लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले बैंकका महिला कर्मचारीहरूको व्यावसायिक विकास तथा मानसिक एवं शारीरिक सुस्वास्थ्य सुनिश्चित गर्न बैंक प्रतिबद्ध रहेको बताए ।

यस पहलमा वृहत् मेन्टरसीप कार्यक्रम, लक्षित नेतृत्व प्रशिक्षण, गर्भावस्थाको समयमा लचिलो कार्य व्यवस्थाहरू र महिला कर्मचारी भएका कार्यालयहरूमा स्याहार केन्द्र तथा स्तनपान कक्षहरूको व्यवस्था लगायतका योजनाहरू समावेश छन् ।

उनले महिलाहरूलाई व्यक्तिगत र व्यावसायिक रूपमा सक्षम बनाउने वातावरण निर्माण गर्न बैंक प्रयत्नशील रहेको उल्लेख गर्दै उत्पीडन र भेदभावका मामलामा शून्य सहनशीलता कायम गर्ने नीति मार्फत सबैका लागि मनोवैज्ञानिक रूपमा सुरक्षित र सम्मानजनक कार्यस्थल बनाउने प्रतिबद्धता जाहेर गरे ।

उनले बैंकमा लैङ्गिक प्रतिनिधित्व वृद्धि गर्नुपर्ने आवश्यकतालाई स्वीकार गर्दै सक्षम र योग्य जनशक्तिको व्यावसायिक वृद्धि र उन्नतिलाई प्रेरित गर्ने उद्देश्यले विभिन्न पहलहरू कार्यान्वयन गर्न जारी राख्दै भविष्यमा कर्मचारीहरूको निम्ति संस्थाले प्रदान गर्नुपर्ने हेरचाह र उपयुक्त समयको व्यवस्थापनमा तयार रहने बताए ।

पछिल्लो तथ्याङ्क अनुसार नेपाली बैंकहरूमा समग्र महिला कर्मचारी टर्नओभर ७ प्रतिशत रहेकोमा लक्ष्मी सनराइज बैंकको १ प्रतिशत भन्दा कम हुनुले समावेशी र सहयोगी कार्यस्थलको वातावरण सिर्जना गर्ने बैंकको प्रयासको सकारात्मक परिणामहरू झल्काउँछ ।

अहिले बैंकको ३६ प्रतिशत जनशक्ति महिला छन् भने, महानगरहरूमा सो अनुपात ४५ प्रतिशत रहेको छ। काठमाडौं उपत्यका भित्रका बैंकका करिब ४० प्रतिशत शाखामा महिला शाखा प्रबन्धकहरू रहेका छन् । बैंकको २५ प्रतिशत विभागको नेतृत्व महिलाहरूले गरिरहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर