आर्सनल र सिटीको बराबरीले लिभरपुललाई फाइदा – Nepal Press

आर्सनल र सिटीको बराबरीले लिभरपुललाई फाइदा

हेटौंडा । इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटी र आर्सनलले गोलरहित बराबरी खेल्दा लिग लिडर लिभरपुललाई फाइदा भएको छ । सिटीको घरेलु मैदान एटिहाड स्टेडियममा भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका छन् ।

यो बराबरीले लिभरपुलका लागि फाइदा सावित भएको हो । आइतबारनै भएको खेलमा ब्राईटनविरुद्ध जित दर्ता गर्दै लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ ।

खेलमा सुरुवाती अग्रता भने ब्राइटनले लिएको थियो । डयानी वेलबेकले दोस्रो मिनेटमा नै ब्राईटनलाई अग्रता दिलाएका थिए । तर, २७औं मिनेटमा लुइस डियाज र ६५औं मिनेटमा मोहम्मद सालाहले गोल गर्दै लिभरपुललाई जित दिलाए ।

योसँगै शीर्ष स्थानमा रहेको लिभरपुलको २९ खेलमा ६७ अंक भएको छ । दोस्रो स्थानमा रहेको आर्सनलको २९ खेलमा ६५ अंक छ ।

म्यानचेस्टर सिटी २९ खेलमा ६५ अंक सहित तेस्रो स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर